News Portal

भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै रास्वपा र राप्रपाका सांसद फेरि संसद् बैठकबाट बाहिरिए

३७० पटक

काठमाडौं, साउन १९ – भिजिट भिसाको नाममा भएको कथित मानव तस्करी र त्यससँग जोडिएको भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू सोमबारको संसद् बैठकबाट पनि आफ्ना धारणा राखेर बहिर्गमन गरेका छन्।

जेठ १३ गतेदेखि नै निरन्तर रूपमा यो विषय संसद्‌मा उठाउँदै आएका रास्वपाका सांसद असिम साहले आजको बैठकमा तीव्र प्रश्न उठाउँदै भने, “भिजिट भिसाको नाममा भएको मानव तस्करीको फाइल अहिले कहाँ पुग्यो? भ्रष्टाचारको अडियो सार्वजनिक भइसकेको अवस्थामा एक मन्त्रीको राजीनामाले मात्रै सबै कुरा धुलो चटाउनु हो?”

उनले सो अडियोमा नाम जोडिएका अन्य मन्त्री तथा पूर्वमन्त्रीहरू अझै पनि अदृश्य शक्तिको संरक्षणमा रहेको आरोप लगाए। “राजीनामा दिएको मात्रैले छुट हुन्छ भने बाँकीहरूलाई किन संरक्षण दिइँदैछ?” साहको तर्क थियो।

यता, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विषय भिजिट भिसाको मात्र नभई राज्यको नियतमाथि नै प्रश्न उठाउने खालको रहेको बताए। “भिजिट भिसामा हरेक नेपाली जान्छन्, तर यो प्रकरण इमिग्रेशनदेखि शासकीय इच्छाशक्तिसम्मको असफलता हो,” प्रधानले भने, “जब ३० लाख जनताको प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाउँछन्, त्यही आवाजलाई व्यवस्था विरोधी भन्ने कार्यकारी प्रमुखको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक र निन्दनीय छ।”

प्रधानले आफूहरू समस्याको होइन, समाधानको पक्षमा उभिएको दाबी गरे। “हामी व्यवस्थित समाधानको माग गर्छौं, छानबिनको माग गर्छौं। तर सरकार हरेक आलोचनालाई अपमान ठान्दैछ,” उनले संसद्‌मा स्पष्ट गरे।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...