News Portal

विवाहको पाँच महिनामै सम्झना भट्ट मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

३८७ पटक

कैलाली, साउन १९ – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, सिहपाल टोलमा १७ वर्षीया सम्झना भट्टको शव घरभित्र झुन्डिएको अवस्थामा फेला परेको छ। प्रेम विवाह गरेको पाँच महिनामै मृत्यु भएको घटनाले गाउँमा स्तब्धता छाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झना घरभित्र झ्याल र ढोकामा चुकुल लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। शंका लागेपछि घरको ढोका फोडेर प्रहरीले शव बाहिर निकालेको थियो।

सम्झना र २४ वर्षीय पवन भट्टबीच गत फागुन महिनामा प्रेम विवाह भएको थियो। उनीहरूबीच विवाहअघि नै प्रेम सम्बन्ध रहेको र समय–समयमा विवाद पनि प्रहरीसम्म पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

एक प्रहरी अधिकारीका अनुसार, सम्झना र पवनबीचको सम्बन्ध १४/१५ वर्षको उमेरदेखि नै चलेको थियो। झगडाका कारण केही महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेलमा समेत उजुरी परेपछि दुई दिनको छलफलपछि सम्झौता गराइएको थियो।

त्यसपछि काठमाडौंमा समेत बसोबास गरेका उनीहरूबीच पुनः विवाद भएको र मृत्युअघि पनि इलाका प्रहरी कार्यालय बेलडाँडीमा दुवैलाई बोलाएर सम्झाएको जानकारी प्रहरी अधिकारीहरूले दिएका छन्। तर सम्झाइ–बुझाइको भोलिपल्टै सम्झना मृत फेला परिन्।

घरेलु हिंसाको आशंका, श्रीमान पवन भट्ट नियन्त्रणमा

प्रहरीले घटनापछि श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ। सम्झनालाई घरमै कुटपिट हुने गरेको आशंका पनि प्रहरीको प्रारम्भिक बुझाइमा परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले घटनालाई गम्भीर रूपमा लिइएको बताए।

“हामी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा जुटेका छौं,” उनले भने, “शवको पोस्टमार्टम भइरहेको छ। अनुसन्धानले सबै कुरा स्पष्ट पार्नेछ।”

सम्झनाको असामयिक मृत्युबारे परिवारजनले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्। १७ वर्षमै विवाह गरेर वैवाहिक जीवन सुरु गरेकी सम्झनाको मृत्युपछि स्थानीय समुदाय न्यायको माग गर्दै प्रश्न उठाउँदै छ।

प्रहरीले हाल घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ भने शवको परीक्षण प्रतिवेदन र बयानपछि मात्र घटनाको यथार्थ पुष्टि हुने बताएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...