News Portal

ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

३४१ पटक

काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ । ठमेलस्थित नगरकोट दोहोरी साँझमा केही दिनअघि भएको झगडासँग जोडिएर क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि अभद्र व्यवहारको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३७ वर्षीय गुरुङलाई शनिबार पक्राउ गरिएको थियो । उनीमाथि लागेको अभियोगको अनुसन्धान थप गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि लागू हुने गरी दुई दिनको म्याद थप गर्ने आदेश दिएको हो ।

साउन १४ गते ठमेलको नगरकोट दोहोरी साँझमा भएको झगडा दुई पुराना प्रतिद्वन्द्वी समूहबीच भएको पुष्टि भएको छ । ‘सानुभाइ’ भनिने युवराज गुरुङको समूह र क्लब सञ्चालक राजेन्द्र गुरुङ पक्षबीच झगडा हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि प्रहरी वृत्त सोह्रखुट्टेबाट तत्कालै दुई पक्षका तीन जना व्यक्तिहरू पक्राउ परेका थिए । प्रहरीले दिएको जानकारीअनुसार, क्लब सञ्चालक गुरुङले नै प्रहरीलाई खबर गरेका थिए, जसको आधारमा सानुभाइसहित दिलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउमा परेका थिए ।

यसअघि पनि यी दुई समूहबीच आपसी विवाद देखिइसकेको थियो । २०८० साल असार १५ गते क्लब ओम्नियामै सानुभाइ समूहले राजेन्द्र गुरुङमाथि आक्रमण गरेको थियो । त्यसबेला पनि सानुभाइ पक्राउ परेका थिए तर धरौटीमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...