News Portal

ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

२२७ पटक

तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस ऐना पहराको भीर नजिकै चिप्लिएर दुर्घटनामा परेको हो। बस केहीबेर रोकिएर यात्रु झार्ने क्रममा फेरि अगाडि बढाउँदा सन्तुलन गुमाएर दुर्घटना भएको बताइएको छ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी अशोक थापाका अनुसार हालसम्म सात जनाको उद्धार गरिएको छ। “बसभित्र धेरैजना यात्रु थिएनन्, तर अगाडिको भाग पानीमा डुबेकाले अन्य यात्रु पनि हुन सक्ने सम्भावना छ,” थापाले बताए।

दुर्घटना स्थलमा प्रहरी र स्थानीयवासीले उद्दार कार्यमा सक्रियता देखाएका छन्। गम्भीर घाइते दुई जनालाई तुरुन्तै अस्पताल पठाइएको छ भने बाँकी पाँच जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...