News Portal

समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

३१२ पटक

काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी गरेका छन्। समावेशीताको नाममा महिलाको सशक्तिकरण सम्भव नहुने तर्क गर्दै उनले यो नीति अस्थायी र केवल राजनीतिक पदमा पहुँच पुर्‍याउने माध्यम भएको दाबी गरेका हुन्।

शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममार्फत सूर्यप्रसाद श्रेष्ठद्वारा लिखिएको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले समावेशीता केवल कागजमा सीमित र कर्ममै आधारित नभएको स्पष्ट पारे। उनले भने, “हामीले समावेशीताको अस्थायी व्यवस्था गरेका छौं। जबसम्म महिलालाई आत्मनिर्भर बनाउने उपाय अवलम्बन गरिन्न, समावेशीताले केही फाइदा गर्दैन।”

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय दृष्टान्त प्रस्तुत गर्दै कोस्टारिकाको उदाहरण दिए जहाँ प्रतिनिधिमण्डलमा अधिकांश महिला थिए। उनले प्रश्न गरे, “के त्यो समावेशीताले सम्भव भएको हो? होइन। त्यो त महिलाहरूको क्षमता र आत्मविश्वासको परिणाम हो।”

उनका अनुसार समावेशीताले धेरैमा ४-५ जनालाई मात्र अघि ल्याउँछ, तर जब महिलाहरूले अध्ययन, अनुभव र आत्मबलका साथ अघि बढ्छन्, तब उनीहरूको उपस्थिति स्वतः सशक्त हुने गर्छ।

ओलीले क्युबाको सन्दर्भ पनि उल्लेख गरे जहाँ चिकित्सकदेखि प्राध्यापकसम्म महिलाहरूको वर्चस्व रहेको छ। उनले भने, “त्यो कुनै कोटा प्रणालीको परिणाम होइन। महिलाहरू आफैं सशक्त भएर, पढेर, मेहनत गरेर अगाडि आएका हुन्।”

उनको भनाइमा समावेशीताको नाममा महिलालाई ‘कृत्रिम रूपले’ माथि पुर्‍याउने अभ्यासले दीर्घकालीन समाधान दिन सक्दैन। “मुख्य कुरा हो—मानव समाजमा कुनै पनि किसिमको विभेद हुनु हुँदैन,” उनले भने, “महिलालाई अवसर दिनुपर्छ, तर त्यो अवसरको सदुपयोग गरेर उनीहरू आफैं अघि बढ्नुपर्छ।”

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...