News Portal

दक्षता र ईमान्दारिताको खडेरी परेको देश – कमला थापा

५२८ पटक

२०८२ साउन १८ गते।

कुलिन परिवारका कान्छा सदस्य नवयूवराज हृदयेन्द्र शाह आफ्नो आमाको साथ कर्णालीको अत्यन्त रमणिय जिल्ला जुम्ला पुगे। मोटर बाटोको सुबिधा पुग्न नसकेको बिकट जिल्लाका महिला, बालबालिकाले भोग्नुपरेको कठिनाइ त्यसमा पनि विषेश गरेर सुत्केरी हुन नसकेर महिलाले बर्षेनी अकालमा गुमाउनु परेको ज्यान, यी अस्यैहृय पिडाले मर्माहत भएकी राजपरिवारको सदस्य समाजसेवी यूवराज्ञी हिमानी शाह आफ्नो छोरालाई साथ लिएर जुम्लाको सदरमुकाम सिन्जामा प्रसुतिग्रृह खोल्नको लागि उदघाटन गर्न पुगिन्। जनताको अपार स्नेह, स्वागतका साथ कार्यक्रम राम्रोसंग सम्पन्न भएको देखियो।

“छोटो समयमा उनले गरेको काम, देश र माटो प्रतिको मायांले आज जुम्लाबासिहरु मात्र होइन पुरा देश, बिदेश र विश्वमा राजपरिवारको चर्चा भयो। कुलिन राजपरिवारले आफ्नो देश र जनतालाई कति मायां गर्दो रहेछन् भन्ने उदाहरण पेश गर्न हृदयन्द्र सफल भए। यो राजपरिवारको शाहवंशीय ऐतिहासिक परम्परा यो कलिलो उमेरमै झल्कियो।”

२०४६ सालमा आएको प्रजातन्त्र ०६२/६३ ले ल्याएको गणतन्त्र यसले जनतालाई कति समृद्ध बनायो, कति कंगाल बनयो, यसको सुक्ष्म अध्ययन, विश्लेषण जनताले अबस्य गरेकै छन्। सोही अबसरमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको मनमोहक दृश्य, प्रबिधिक कलेजको अवलोकन यूवराज हृदयन्द्र शाहले दिलैदेखी गरे। कफि हाउसमा कफि पिउदाको त्यो मिजासिलो आवाज बास्तवमै मनमोहक थियो। भर्खरै यूवा अबस्थामा प्रवेश गरेका यूवराजले त्यहाँको सरल, शालिन, शान्त जनजिवनको साक्ष्यातकार हुदै सबैसंग घुलमिल गर्दै बृद्धदेखि बालक, यूवा सबैको मन जित्न सफल भएको देखियो। उनको सालिन दयालु, मायालु स्वभावको अध्ययन जुम्लाका जनताले पनि भरपुर महसुस गरेको देखियो। कुनै पनि प्रश्नको उत्तर कति परिपक्व तरिकाले दिए। उनलेे चलाएको बेन्चा, साबेल पानी खोलेको, त्यो छोटो समयमा उनले गरेको काम, देश र माटो प्रतिको मायांले आज जुम्लाबासिहरु मात्र होइन पुरा देश, बिदेश र विश्वमा राजपरिवारको चर्चा भयो। कुलिन राजपरिवारले आफ्नो देश र जनतालाई कति मायां गर्दो रहेछन् भन्ने उदाहरण पेश गर्न हृदयन्द्र सफल भए। यो राजपरिवारको शाहवंशीय ऐतिहासिक परम्परा यो कलिलो उमेरमै झल्कियो। देश, जनताप्रतिको भक्तिको परम्परा राजपरिवाराबाट सदासर्वदा अनन्तकालसम्म नेपाली जनताले पाउन सकुन्। यूवराज हृदयन्द्र शाहलाई धेरैधेरै शुभकामनाका साथ धन्यबाद।

“देशको सम्मानित प्रधानमन्त्री जस्तो व्यक्तिले कहिले फिल्म खेल्न गए राम्रो होला राजा हुने सपना देखे कहिले पुरा हुने छैन भने, आफ्नो नाति सरहको यूवराज-लाई समेत बांकी राखेनन्। यो दरिद्रताको पराकाष्ठा हो। त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले देशैबाट निकाल्नु नपरोस् भने, नेपली कांग्रेसका कृष्ण सिटौला समेतले पनि भन्न बांकी राखेनन्। यो विपीको सिद्धान्त प्रतिको अपहेलना हो। लोकतन्त्रको अधिकार के तपाईहरुलाई मात्र हो ?”

हामिले राजसंस्थालाई हटाएर देशमा ल्याएको लोकतन्त्र, गणतन्त्रले देशलाई कति समृद्ध बनायो भन्दापनि सभ्य समाजलाई कति असभ्य, नैतिक हिन, अमानविय बनाएछौ, भन्ने कुराको ज्वलन्त उदाहरण नेताहरुको छुद्र, दरिद्र, असभ्य अभिव्यक्तिबाट बुझन सकिन्छ। देशको सम्मानित प्रधानमन्त्री जस्तो व्यक्तिले कहिले फिल्म खेल्न गए राम्रो होला राजा हुने सपना देखे कहिले पुरा हुने छैन भने, आफ्नो नाति सरहको यूवराज-लाई समेत बांकी राखेनन्। यो दरिद्रताको पराकाष्ठा हो। त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले देशैबाट निकाल्नु नपरोस् भने, नेपली कांग्रेसका कृष्ण सिटौला समेतले पनि भन्न बांकी राखेनन्। यो विपीको सिद्धान्त प्रतिको अपहेलना हो। लोकतन्त्रको अधिकार के तपाईहरुलाई मात्र हो ?

“राष्ट्रको सुरक्षा निकाय, सुरक्षा कर्मी, राष्ट्रसेबक सेना, प्रहरी, संबैधानिक अंग, उच्च कर्मचारी सबैको ध्यानाकर्षण हुन जरुरी छ। भ्रष्टाचारले मौलाएका नेताहरुको मात्र सुरक्षा गर्न अब अति लाजमर्दो अबस्था भैसक्यो। राष्ट्रको सेना अब सांच्चै राष्ट्रको लागि हुन जरुरी छ।”

नेताहरुले सिकाएको भाषा त्यही जिल्लाको‌ माओवादी समानुपातिक सांसद छिरिङ ल्यामु शेर्पाले आफ्नु दरिद्र पाखण्डी स्वभाव प्रकट गरिन्। प्रचण्ड जी लाई सरम हुनुपर्छ। आफ्नो ज्ञान छैन भने अरुको अपमान गर्ने तपाईहरुलाई कुनै अधिकार छैन। यस्ता बिकास बिरोधी तत्वहरुबाट जनताले पाउने केही छैन। यस्ता सांसदहरुलाइ संसले अबिलम्ब कारवाही गर्नुपर्छ। अन्यथा संसदमा भएका बौद्धिक, सभ्य सांसदहरुको पनि अपमान हुनेछ। यो देशको बदनाम हो। आज राजसंस्था अधिकारमा छैन भन्नुको मतलब तपाईहरु जे मनलाग्यो त्यही गर्ने र जे मुखमा आयो त्यही बोल्नको लागि होईन। यो देश उनैका पिता पुर्खाले आर्जेको मूलुक हो। तपाईहरुको बिर्ता होइन। एउटा सम्मानित संस्थालाई मनपरि बोल्ने तपाईहरुलाई कुनै अधिकार छैन। देशको निति, नियम बनाउने संस्थामा बसेर देशको अपमान हुनेगरि बोल्ने छुट कसैलाई पनि हुनुहुदैन। यी र यस्ता कुराहरुमा अब राष्ट्रको सुरक्षा निकाय, सुरक्षा कर्मी, राष्ट्रसेबक सेना, प्रहरी, संबैधानिक अंग, उच्च कर्मचारी सबैको ध्यानाकर्षण हुन जरुरी छ। भ्रष्टाचारले मौलाएका नेताहरुको मात्र सुरक्षा गर्न अब अति लाजमर्दो अबस्था भैसक्यो। राष्ट्रको सेना अब सांच्चै राष्ट्रको लागि हुन जरुरी छ।

“आज नेपाललाई चिनाउने बिषयहरु डरलाग्दो अबस्थामा पुगेको छ। भ्रष्टाचार, तस्करी, माफिया आफ्ना नागरिकलाई नक्कलि भूटानी बनाएर बेच्नेदेखि भिजिट भिसाको कारण गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अबरोध भएको महिनौ भैसक्यो। यस्ता अनगिन्ती नामले चिनिन्छ। देशले बोक्नु परेको खरबौं श्रृणको कुरा कहि उठ्दैन। अस्ति मात्र प्रधानमन्त्री स्पेन जांदा सैयौंको संख्यामा भिजिट भिसामै लिएर गए। एक ब्यक्ति १५ लाखसम्म लिएको कुरा भिडियो बार्ता रेकर्ड नै आयो। फर्कदा रित्तै, के यो जनतालाई हेपेको होईन ? आफ्नो राजसंस्था फालेर अरु देशको राजालाई भेट्न बिन्तिपत्र दिने त्रिकालदर्शी प्रधानमन्त्रीलाई लाज लागेन ? बेसरमले हद पार गरिसक्यो। यो लुटतन्त्रको अन्त्य अपरिहार्य छ। राजालाई राजसंस्था चाहिएको छ कि छैन ? तर भू-राजनैतिक जटिलतालाई सन्तुलनमा राख्दै राष्ट्र, राष्ट्रियता, जनताको रक्षा र देश बचाउनको लागि राजसंस्थाको अपरिहार्यता छ।”

दक्ष जनशक्ति पलाएन हुदै गएको अवस्थाले देश रित्तिएको मात्र छैन। समाजमा ईमान्दार ब्यक्तिहरुको अस्तित्व पनि समाप्त हुदैछ। स्वाभिमान र इमान्दारिता को कुरा गर्ने ब्यक्तिहरुमा आएको बिरक्ति, नैरास्यताले भ्रष्ट्, तस्कर, बिचौलियाहरुलाई मलजल भएको छ। इमान्दारिता, योग्यता, क्षमता र दक्षता भएका यूवा, बुद्धिजीवी र स्वाभिमानी जनशक्तिलाई बाच्न धेरै मुस्किल बढदै गएको अवस्थाले भ्रष्ट्हरुलाई मनपरि गर्ने छुट मिलेको देखिन्छ। बहुदलीय व्यवस्था आएको ३५ बर्षमा २५ बर्षदेखि जनताले भोग्नु परेको यो दर्दनाक अवस्था, दानबिय शासक र सहनशिल जनता बिचको खाडल पूर्न कठिनाई आज सिंग्गो राष्ट्रले चूकाउनु परेको छ। आज नेपाललाई चिनाउने बिषयहरु डरलाग्दो अबस्थामा पुगेको छ। भ्रष्टाचार, तस्करी, माफिया आफ्ना नागरिकलाई नक्कलि भूटानी बनाएर बेच्नेदेखि भिजिट भिसाको कारण गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अबरोध भएको महिनौ भैसक्यो। यस्ता अनगिन्ती नामले चिनिन्छ। देशले बोक्नु परेको खरबौं श्रृणको कुरा कहि उठ्दैन। अस्ति मात्र प्रधानमन्त्री स्पेन जांदा सैयौंको संख्यामा भिजिट भिसामै लिएर गए। एक ब्यक्ति १५ लाखसम्म लिएको कुरा भिडियो बार्ता रेकर्ड नै आयो। फर्कदा रित्तै, के यो जनतालाई हेपेको होईन ? आफ्नो राजसंस्था फालेर अरु देशको राजालाई भेट्न बिन्तिपत्र दिने त्रिकालदर्शी प्रधानमन्त्रीलाई लाज लागेन ? बेसरमले हद पार गरिसक्यो। यो लुटतन्त्रको अन्त्य अपरिहार्य छ। राजालाई राजसंस्था चाहिएको छ कि छैन ? तर भू-राजनैतिक जटिलतालाई सन्तुलनमा राख्दै राष्ट्र, राष्ट्रियता, जनताको रक्षा र देश बचाउनको लागि राजसंस्थाको अपरिहार्यता छ। अब जनता छिटो जुर्मुराउन ढिलो नगरौं। श्री पशुपतिनाथले सबैको रक्षा गरुन।

जय नेपाल।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...