News Portal

  • लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    १४३ पटक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका साथ सुरक्षा संयन्त्रहरूलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

    शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरो (एनसीबी) को स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग देशको लागि दिनानुदिन बढ्दो चुनौतीको रूपमा देखिएको उल्लेख गरे।

    “लागू औषधको असरले सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनामा वृद्धि भएको छ,” गृहमन्त्री लेखकले भने, “एक वर्षअघि सुरु गरिएको लागू औषधविरुद्धको महाअभियानले ठोस परिणाम दिन थालेको छ, त्यसले हामीलाई अझ गहिरो र लामो लडाइँतर्फ डोर्याएको छ।”

    गृहमन्त्री लेखकले पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणको क्षेत्रमा विगतको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरे। युवापुस्तालाई केन्द्रविन्दुमा राखेर सञ्चालन गरिएको सचेतना र कारबाही अभियानले जनस्तरमै चेतनाको लहर ल्याएको उनको ठम्याइ छ।

    “देशको मेरुदण्ड हो– युवा शक्ति। तर, उनीहरू नै लागू औषधको दलदलमा फसेको चित्र चिन्ताजनक छ। त्यसैले यो लडाइँ केवल प्रहरीको मात्र होइन, सबै तह र तप्काका नेपालीको साझा जिम्मेवारी हो,” उनले भने।

    गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण ब्युरोलाई विभागको संरचनामा रूपान्तरण गर्न पूर्वाधार र कार्ययोजना तयार पार्न प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशनसमेत दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई...

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...