News Portal

पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

३३७ पटक

विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दालाई सत्ता पक्षको पूर्वाग्रह र प्रतिशोधको परिणति भनेका छन्।

कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर आइपुगेका नेता नेपालले शुक्रबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै स्पष्ट शब्दमा भने— “यो भ्रष्टाचारको मुद्दा नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णय थियो। मैले सरकारलाई एक पैसा पनि नोक्सानी गरेको छैन। यो त ओलीको दम्भ र पूर्वाग्रही मनस्थितिको प्रतिफल हो।”

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीव्र आक्षेप लगाउँदै भने— “ओली अहिले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा लागेका छन्। उनको अहंकार, घमण्ड र सत्ता लालसाले देशको मूल प्रवाहलाई नै अवरुद्ध बनाइरहेको छ।”

संविधानले पूर्वराष्ट्रपतिहरू वा उपराष्ट्रपतिहरूको सक्रिय राजनीतिमा सहभागिता निषेध नगरेको कुरामा समेत नेपालले जोड दिए। उनका अनुसार— “राजनीति कुनै वर्ग विशेषको एकाधिकार होइन। संविधानले अवसर दिएको छ भने त्यो प्रयोग हुनैपर्छ।”

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...