News Portal

ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

२५५ पटक

काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा पक्राउ परेका ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई थप चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

बुधबार राति झगडाको सूचना पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेको टोली घटनास्थलमा पुगेर गुरुङसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

स्थानीय बार सञ्चालकका अनुसार, सानुभाइ समूह र अर्का केही व्यक्तिहरूबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। तत्काल प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरीले झगडामा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका युवराज गुरुङ ‘सानुभाइ’ लामो समयदेखि ठमेल र गोंगबु क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र बनाउँदै आएको व्यक्ति भएको प्रहरी स्रोतले जनाएको छ। उनले यसअघि पनि गुन्डागर्दी, धम्की र सार्वजनिक स्थलमा अव्यवस्थित व्यवहारका घटनामा संलग्न हुँदै आएका थिए।

प्रहरीका अनुसार, पछिल्ला केही महिनादेखि ठमेल क्षेत्र शान्त र सुरक्षित राख्ने प्रयास भइरहेकै बेला पुनः ‘सानुभाइ’ जस्ता व्यक्तिहरूको गतिविधिले चिन्ता थपिएको छ।

हाल तीनै जनालाई नियन्त्रणमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...