News Portal

  • व्यक्तिगत स्वार्थले पार्टी एकता खल्बलिनु हुँदैन : डा. आरजु राणा देउवा

    २०३ पटक

    पोखरा, साउन १५ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी संगठनभित्र व्यक्तिगत कुरालाई लिएर असमझदारी र विभाजन बढाउनु अनुचित भएको स्पष्ट चेतावनी दिएकी छन्।

    बिहीबार पोखरामा आयोजित नेपाली कांग्रेस कास्कीको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीलाई स्वार्थपूर्तिको माध्यम होइन, राष्ट्र र समाजप्रति समर्पण गर्ने संस्था भनेर बुझ्नुपर्नेमा जोड दिइन्।

    उनले भनिन्, “पार्टी व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने थलो होइन, राष्ट्रका लागि योगदान गर्ने स्थान हो। विचार, मूल्य र नेतृत्वप्रति प्रतिबद्ध भएर अघि बढ्न सके पार्टी अझ सशक्त बन्छ।”

    उनले कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा हिँड्न आजको पुस्ता तयार हुनुपर्ने बताइन्।

    “हामी हरेकको बोली, व्यवहार र आचरणमा पार्टीलाई बलियो बनाउने भावनाको झल्को हुनुपर्छ,” उनले भनिन्, “विचारमा भिन्नता हुनु स्वाभाविक हो, तर त्यसलाई गुटबन्दीको रुप दिँदा पार्टीको एकता कमजोर हुन्छ।”

    १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र स्वच्छ प्रतिस्पर्धालाई स्वागतयोग्य मान्दै उनले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिले संगठनको शक्तिमा आँच आउने खतरा औंल्याइन्।

    सामाजिक सञ्जालको सन्दर्भमा बोल्दै उनले नयाँ राजनीतिक शक्तिहरूले सामाजिक मञ्चको सक्रिय प्रयोग गरिरहेको उल्लेख गरिन् र कांग्रेसले पनि सकारात्मक सन्देश प्रवाहका लागि यो माध्यमलाई सबल बनाउनुपर्ने धारणा राखिन्।

    हाल देशमा “केही भएको छैन” भन्ने नकारात्मक सन्देशहरू फैलिने क्रम बढिरहेको भन्दै उनले त्यो प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने चेतावनी दिइन्।

    युवाशक्ति पलायनको विषय उठाउँदै उनले देशमै आशा र अवसर देखिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् र भनिन्, “देशको माटोमा नै केही गर्ने सोच बनाउनु हाम्रो साझा जिम्मेवारी हो।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...