News Portal

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

२२१ पटक

उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एकजनाको ज्यान गएको छ।

प्राप्त जानकारीअनुसार काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय चालक जीवन विश्वकर्मा गम्भीर घाइते भएका थिए। घाइते विश्वकर्मालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनाको कारण प्रारम्भिक रूपमा स्पष्ट नभएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...