News Portal

  • प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    २२७ पटक

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूमाथि मानव तस्करीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक उजुरी दिएका छन्। उनले हुलाकमार्फत पठाएको उजुरीमा प्रधानमन्त्री, वर्तमान गृहमन्त्रीदेखि पूर्व गृहमन्त्रीहरू र पूर्व श्रममन्त्रीसम्मलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

    उक्त उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको नाम समावेश गरिएको छ। पौडेलले यी सबै व्यक्तिहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका छन्।

    यसअघि पनि उनले प्रधानमन्त्री ओलीसहितकै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। तर, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीका अनुसार सो उजुरी दर्ता प्रक्रिया अघि बढाउन नसकिने जनाएको छ।

    प्राप्त जानकारी अनुसार पौडेलले यस प्रकरणमा दोषीलाई कानूनी कठघरामा उभ्याउन र पीडितका लागि न्याय सुनिश्चित गर्न दृढ अभियान थालेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...