News Portal

पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

२७९ पटक

पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप सुदृढ बनाउन आवश्यकतामा जोड दिएकी छन्। पोखराको लेकसाइडमा अंशुभरा ग्रुपद्वारा सञ्चालनमा ल्याइएको बगैँचा रिसोर्ट स्पाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शहरको प्राकृतिक सुन्दरता र साहसिक गतिविधिहरूले यसलाई पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गराएको बताइन्।

बाल्यकालमा पोखरा भ्रमणको स्मरण गर्दै मन्त्री देउवाले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असर स्पष्ट रूपमा देखिन थालेको उल्लेख गरिन्। उनले उत्तर र दक्षिणका छिमेकमा बाढी, अनावृष्टि र अतिवृष्टिका समाचारहरू बढ्दै गएको भन्दै सचेत हुनुपर्ने आवश्यकता औंल्याइन्। “दिगो विकास र जैविक विविधताको संरक्षणमा अब सबैले मिलेर काम गर्नुपर्ने बेला आएको छ,” मन्त्री देउवाले भनिन्।

रिसोर्टले जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखेको भन्दै उनले यसले स्वदेशमै योगदान दिने सन्देश दिएको धारणा व्यक्त गरिन्। “विदेशमा कमाइले पैसा मात्र दिन्छ, तर स्वदेशमा गरेका प्रयासहरूले प्रतिष्ठा र योगदान दुवै दिन्छ,” मन्त्री देउवाले भनिन्।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई ‘प्रकृतिको उपहार’ भन्दै साहसिक पर्यटनका लागि पर्यटकहरूको पहिलो रोजाइ बन्न पुगेको बताए। उनका अनुसार नेपालमा आउने पर्यटकमध्ये करिब ६८ प्रतिशत साहसिक पर्यटनका लागि पोखरातर्फ आकर्षित हुने गरेका छन्।

अंशुभरा ग्रुपका अध्यक्ष तथा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नयाँ सोचसहित अघि बढिरहेको बताए। ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित बगैँचा रिसोर्ट स्पा सञ्चालनमा ल्याइएको जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...