News Portal

पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

३१७ पटक

काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। राजधानीको बानेश्वरस्थित डेरामा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेपछि सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा अभियोग पत्र पेश गरेको हो।

स्रोतका अनुसार, अहिराज साउन ४ गते पक्राउ परेका थिए। पक्राउपछि दसौं दिनमा अनुसन्धान सकाएर सरकारी वकिलले अभियोजन प्रक्रिया अघि बढाएको हो।

पीडित युवतीले दिएको उजुरी अनुसार २०८१ जेठ ४ गते राति, कोठामा अरू कोही नभएको मौका छोपी अहिराजले पटक–पटक जबर्जस्ती करणी गरेका थिए। घटनापछि कसैलाई भनिए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

युवतीले तत्कालै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेकी थिइन्। तर प्रहरी प्रशासनले जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ। पटक–पटक प्रयास गर्दा पनि उजुरी दर्ता नभएपछि पीडित कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर जाहेरी दिएकी थिइन्।

जिल्ला सरकारी वकिलको कार्यालयले कात्तिक ३० गते प्रहरीलाई पत्राचार गरेर जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो। यद्यपि, त्यसपछि पनि प्रक्रिया अगाडि बढ्न ढिलो भयो। अन्ततः माघ ३ गते मात्रै जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको हो।

प्रहरीले चैत २५ गते अदालतबाट पक्राउ अनुमति लिएपछि अहिराज फरार भएका थिए। फरार अवस्थामा रहँदै आएको उनी साउन ४ गते पक्राउमा परेका हुन्।

पूर्वप्रदेशप्रमुख अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रमुखका रूपमा कार्यरत थिए। संवैधानिक पदमा रहेर गम्भीर आपराधिक अभियोगमा मुछिएका उनीमाथिको मुद्दाले न्याय प्रणाली, प्रहरी अनुसन्धान र सरकारी अभियोजन प्रणालीकै जिम्मेवारीलाई प्रश्नको घेरामा ल्याएको छ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...