News Portal

  • पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

    १७६ पटक

    काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। राजधानीको बानेश्वरस्थित डेरामा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेपछि सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा अभियोग पत्र पेश गरेको हो।

    स्रोतका अनुसार, अहिराज साउन ४ गते पक्राउ परेका थिए। पक्राउपछि दसौं दिनमा अनुसन्धान सकाएर सरकारी वकिलले अभियोजन प्रक्रिया अघि बढाएको हो।

    पीडित युवतीले दिएको उजुरी अनुसार २०८१ जेठ ४ गते राति, कोठामा अरू कोही नभएको मौका छोपी अहिराजले पटक–पटक जबर्जस्ती करणी गरेका थिए। घटनापछि कसैलाई भनिए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

    युवतीले तत्कालै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेकी थिइन्। तर प्रहरी प्रशासनले जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ। पटक–पटक प्रयास गर्दा पनि उजुरी दर्ता नभएपछि पीडित कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर जाहेरी दिएकी थिइन्।

    जिल्ला सरकारी वकिलको कार्यालयले कात्तिक ३० गते प्रहरीलाई पत्राचार गरेर जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो। यद्यपि, त्यसपछि पनि प्रक्रिया अगाडि बढ्न ढिलो भयो। अन्ततः माघ ३ गते मात्रै जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको हो।

    प्रहरीले चैत २५ गते अदालतबाट पक्राउ अनुमति लिएपछि अहिराज फरार भएका थिए। फरार अवस्थामा रहँदै आएको उनी साउन ४ गते पक्राउमा परेका हुन्।

    पूर्वप्रदेशप्रमुख अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रमुखका रूपमा कार्यरत थिए। संवैधानिक पदमा रहेर गम्भीर आपराधिक अभियोगमा मुछिएका उनीमाथिको मुद्दाले न्याय प्रणाली, प्रहरी अनुसन्धान र सरकारी अभियोजन प्रणालीकै जिम्मेवारीलाई प्रश्नको घेरामा ल्याएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...

    ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

    काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब...