News Portal

अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

१७१ पटक

काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै समाजवादी मोर्चाले आत्ममूल्यांकन गरेको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चाको हालसम्मको भूमिका समीक्षा गर्दै अबको यात्रामा कमजोरी सच्याएर अघि बढ्ने निर्णय गरेको छ।

बैठकमा सहभागी नेकपा (मसाल) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाले प्रारम्भिक रुपमा राजनीतिक उपस्थितिको हिसाबले उपलब्धि हासिल गरे पनि जनअपेक्षा पूरा गर्नमा चुकिएको स्वीकार गरे। “सैद्धान्तिक रूपमा मोर्चा सफल छ, तर केही यथार्थपरक सीमाहरू छन्,” उनले भने, “जनता र सहभागी दलका इमानदार कार्यकर्ताले गरेका आशा–अपेक्षालाई हामीले यथेष्ठ जवाफ दिन सकेनौं।”

उनले पछिल्लो समय मोर्चाप्रति उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिने बेला आएको स्पष्ट पारे। “यही कारणले मोर्चामाथि केही असहज प्रश्नहरू उठेका छन्,” उनले भने, “हामी अब ती कमजोरीहरूलाई निर्ममतापूर्वक सच्याउँदै मोर्चालाई फेरि जनअपेक्षासँग जोड्ने काममा लाग्नेछौं।”

मोर्चाले अबको चरणमा आफूलाई अझ सुदृढ बनाउँदै समाजवादी व्यवस्थातर्फ देशलाई डोहो¥याउने उद्देश्यसहित राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तित्वहरूसँग संवाद बढाउने तयारी गरेको छ। मोर्चाको मूल्यांकनमा अब ‘अभियान होइन, परिणाममुखी अभ्यास’ को समय आएको निष्कर्ष निस्किएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...