News Portal

श्वासप्रश्वासमा समस्या देखिएका नवजात शिशुको काठमाडौंमा उपचारका क्रममा निधन

२१६ पटक

खोटाङ, साउन ६ – जिल्ला अस्पताल खोटाङमा सोमबार शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आमासहित काठमाडौँ ल्याइएको ती शिशुलाई बचाउन चिकित्सक सफल हुन सकेनन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका सर्वकुमार खत्री र जानुका खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका ती शिशुलाई, जन्मिएलगत्तै समस्या देखिएपछि राष्ट्रपति महिला हवाई उद्धार कार्यक्रमअन्तर्गत तत्काल काठमाडौं रिफर गरिएको थियो।

जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार शिशुको जन्म म्याद एक हप्ता नाघिसकेको थियो। औषधिमार्फत प्रसव गराउने प्रयास तीन पटकसम्म गरिए पनि परिणाम नआएपछि अन्ततः शल्यक्रियाबाट बच्चा निकालिएको थियो।

काठमाडौं ल्याएर कान्ति बाल अस्पतालमा भर्ना गरिए पनि ती शिशुलाई जोगाउन नसकिएको परिवारजनले जनाएका छन्। शिशुको निधनपछि आफन्तहरूले उपचारमा लापरबाही भएको भन्दै असन्तुष्टि जनाएका छन्।

हालै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण अभावका कारण गम्भीर अवस्थाका बिरामीलाई दैनिकजसो हेलिकप्टरमार्फत अन्यत्र पठाउनु पर्ने बाध्यता देखिएको छ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको घोषणा गरे पनि निर्माणाधीन भवन अझै अपूरो अवस्थामा छ। विक्रम संवत २०४९ मा स्थापना भएको अस्पतालमा आज पनि गुणस्तरीय सेवा सुनिश्चित हुन सकेको छैन।

यता आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...