News Portal

श्वासप्रश्वासमा समस्या देखिएका नवजात शिशुको काठमाडौंमा उपचारका क्रममा निधन

३५७ पटक

खोटाङ, साउन ६ – जिल्ला अस्पताल खोटाङमा सोमबार शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आमासहित काठमाडौँ ल्याइएको ती शिशुलाई बचाउन चिकित्सक सफल हुन सकेनन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका सर्वकुमार खत्री र जानुका खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका ती शिशुलाई, जन्मिएलगत्तै समस्या देखिएपछि राष्ट्रपति महिला हवाई उद्धार कार्यक्रमअन्तर्गत तत्काल काठमाडौं रिफर गरिएको थियो।

जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार शिशुको जन्म म्याद एक हप्ता नाघिसकेको थियो। औषधिमार्फत प्रसव गराउने प्रयास तीन पटकसम्म गरिए पनि परिणाम नआएपछि अन्ततः शल्यक्रियाबाट बच्चा निकालिएको थियो।

काठमाडौं ल्याएर कान्ति बाल अस्पतालमा भर्ना गरिए पनि ती शिशुलाई जोगाउन नसकिएको परिवारजनले जनाएका छन्। शिशुको निधनपछि आफन्तहरूले उपचारमा लापरबाही भएको भन्दै असन्तुष्टि जनाएका छन्।

हालै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण अभावका कारण गम्भीर अवस्थाका बिरामीलाई दैनिकजसो हेलिकप्टरमार्फत अन्यत्र पठाउनु पर्ने बाध्यता देखिएको छ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको घोषणा गरे पनि निर्माणाधीन भवन अझै अपूरो अवस्थामा छ। विक्रम संवत २०४९ मा स्थापना भएको अस्पतालमा आज पनि गुणस्तरीय सेवा सुनिश्चित हुन सकेको छैन।

यता आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...