News Portal

१५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

२९१ पटक

विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकहरूले सफल शल्यक्रियाबाट निकालेका छन्। खेल्ने क्रममा गल्तीले निलेको कैंची पेटसम्म पुगिसकेपछि चिकित्सकको टोलीले जटिल अपरेसन गरेर बालकलाई नयाँ जीवन दिएका छन्।

प्राप्त विवरणअनुसार, असार १७ गते बालकलाई गम्भीर अवस्थामा नोबेल मेडिकल कलेज ल्याइएको थियो। घरमै टेलिभिजन हेर्ने क्रममा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र छिरेपछि उनी चिच्याउन थालेका थिए। हजुरबुबाले तत्कालै निकाल्ने प्रयास गरे पनि प्रयास असफल हुँदा कैंची झनै तल झरेर पेटको सानो आन्द्रासम्म पुगेको थियो।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बालकलाई नोबेल मेडिकल कलेज पुर्‍याइएको थियो। त्यहाँ पुग्दा उनको अवस्था चिन्ताजनक थियो। तत्क्षणै शल्यक्रिया गर्ने निर्णय लिइयो।

नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको नेतृत्वमा भएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची सफलतापूर्वक निकालिएको हो। शल्यक्रियापछि बालकको स्वास्थ्यमा क्रमिक सुधार आएपछि केही दिनमै घर फर्काइएको छ।

अस्पतालले दिएको जानकारीअनुसार, आन्द्रासम्म पुगेको कैंची हटाउन सावधानीपूर्वक अपरेसन गरिएको थियो। यस्ता जटिल अवस्थामा सस्तोमा सेवा दिन सक्नु संस्थाको सफलताको उदाहरण भएको चिकित्सकहरूको भनाइ छ।

नोबेल मेडिकल कलेजको चिकित्सक टोलीले देखाएको तत्परताले बालकको ज्यान जोगिन सकेको छ। अहिले बालक घरमै स्वास्थ्यलाभ गरिरहेका छन् र अवस्था सामान्य रहेको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...