News Portal

  • बहराइनमा तमु फो-ल्होसार डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै

    हिमाली संचार संवाददाता
    ७३९ पटक

    बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् ।

    विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदूतावास बहराइनका महामहिम राजदूत पदम सुन्दास विषेश अतिथी गुरुङ (तमु) राष्ट्रिय परिषद नेपालका अध्यक्ष रेशम गुरुङ लगायतका सम्मानित ब्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

    बिगत लामो समय देखी नेपाली लोक कलाको संरक्षण गर्दै आएको तरेली सांस्कृतिक परिवार पोखराका कलाकारहरु पवित्र गुरुङ र मनिष गुरुङ साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहने छ।

    तमु फो-ल्होसार पर्वलाई भब्य रूपमा सफल पारिदिनु हुनको लागि बहराइनमा कृयाशिल सम्पूर्ण संघसंस्था, संगठनहरु, क्षेत्रीय एवं जातिय संस्थाहरु, कलाकार साथीहरु, ब्यवसायीहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई उपस्थित भई सधै झैं यस बर्षको फो-ल्होसार पनि भब्यताको साथ सफल पारिदिनु हुन साथै आ-आफ्नो ठाउँबाट प्रचार प्रसारमा पनि महत्वपुर्ण भूमिका खेलि दिनु हुन समाजले अनुरोध गरेको छ।

    उक्त ल्होसार आस पासमा हुने कुनै पनि कार्यक्रम नराखी सहकार्य र एकताको भूमिका निभाइ दिनु हुन समेत तमु समाज बहराईनले अनुरोध गरेको छ।
    आफ्नो देशबाट टाढा रहेर पनि आफ्नो आफ्नो कला संस्कृतिको संरक्षण एवं सम्बर्द्धन र प्रवर्द्धनका निम्ति सदैब लागि परेको यस तमु समाज बहराइनले स्थापना काल देखी बहराइनमा स्थापित नेपाली संघ संस्थाहरुले गर्दै आएको हरेक सांस्कृतिक कार्यक्रमहरुमा पनि सहयोग एवं हातेमालो गर्दै आएको छ र आगामी दिनमा पनि तमु समाजको सहकार्य निरन्तर रही रहने अध्यक्ष नरेन्द्र घलेले बताएका छ्न।

    तपशिल
    मिति : २८ डिसेम्बर २०१८ शुक्रबार

    स्थान : Baang Sang Thai

    समय: दिनको ठिक ५:३० बजे देखि

    आयोजक : तमु समाज बहराईन

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...