News Portal

बहराइनमा तमु फो-ल्होसार डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै

हिमाली संचार संवाददाता
८५९ पटक

बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् ।

विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदूतावास बहराइनका महामहिम राजदूत पदम सुन्दास विषेश अतिथी गुरुङ (तमु) राष्ट्रिय परिषद नेपालका अध्यक्ष रेशम गुरुङ लगायतका सम्मानित ब्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

बिगत लामो समय देखी नेपाली लोक कलाको संरक्षण गर्दै आएको तरेली सांस्कृतिक परिवार पोखराका कलाकारहरु पवित्र गुरुङ र मनिष गुरुङ साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहने छ।

तमु फो-ल्होसार पर्वलाई भब्य रूपमा सफल पारिदिनु हुनको लागि बहराइनमा कृयाशिल सम्पूर्ण संघसंस्था, संगठनहरु, क्षेत्रीय एवं जातिय संस्थाहरु, कलाकार साथीहरु, ब्यवसायीहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई उपस्थित भई सधै झैं यस बर्षको फो-ल्होसार पनि भब्यताको साथ सफल पारिदिनु हुन साथै आ-आफ्नो ठाउँबाट प्रचार प्रसारमा पनि महत्वपुर्ण भूमिका खेलि दिनु हुन समाजले अनुरोध गरेको छ।

उक्त ल्होसार आस पासमा हुने कुनै पनि कार्यक्रम नराखी सहकार्य र एकताको भूमिका निभाइ दिनु हुन समेत तमु समाज बहराईनले अनुरोध गरेको छ।
आफ्नो देशबाट टाढा रहेर पनि आफ्नो आफ्नो कला संस्कृतिको संरक्षण एवं सम्बर्द्धन र प्रवर्द्धनका निम्ति सदैब लागि परेको यस तमु समाज बहराइनले स्थापना काल देखी बहराइनमा स्थापित नेपाली संघ संस्थाहरुले गर्दै आएको हरेक सांस्कृतिक कार्यक्रमहरुमा पनि सहयोग एवं हातेमालो गर्दै आएको छ र आगामी दिनमा पनि तमु समाजको सहकार्य निरन्तर रही रहने अध्यक्ष नरेन्द्र घलेले बताएका छ्न।

तपशिल
मिति : २८ डिसेम्बर २०१८ शुक्रबार

स्थान : Baang Sang Thai

समय: दिनको ठिक ५:३० बजे देखि

आयोजक : तमु समाज बहराईन

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...