News Portal

  • रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    ३९ पटक

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन्। जन्मेको १६ महिनादेखि १८ महिनासम्मका बालबालिकामा अटिजमका लक्षणहरू देखापर्ने रंगेली अस्पतालका डाक्टर जगतपति विश्वासले बताएका छन्। अहिले रंगेली क्षेत्रमा अटिजम भएका बालबालिकाहरूको संख्या धेरै नै रहेको र अझै पनि लाजका कारण धेरै अभिभावकहरूले आफ्ना बालबालिकालाई घरमै लुकाएर राख्ने गरेको उनले जानकारी दिए।

    हालै बिराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि छुट्टै विद्यालय सञ्चालन गरिरहेको छ। तर रंगेली नगरपालिकाले भने अझैसम्म यस्तो व्यवस्था गरेको छैन। स्थानीयहरूको भनाइअनुसार आर्थिक हैसियत भएका अभिभावकहरूले आफ्ना छोराछोरीलाई अन्यत्र विद्यालयमा पढाइरहेका छन् भने गरिब परिवारका अभिभावकहरू आफ्ना बालबालिकालाई घरमै राख्न बाध्य छन्। रंगेली-९ की अभिभावक टिकामाया सापकोटाले भनिन्, “हामी गरिबले घरमै राख्नुपरेको छ, धनीहरू बाहिर पठाइरहेका छन्।”

    अटिजम भएका व्यक्तिहरूलाई सामाजिक रूपमा घुलमिल हुन, सञ्चारमा कठिनाइ हुन, कल्पनाशक्ति कम हुने, व्यवहारमा समस्या देखिनु र खेल्न नजान्ने जस्ता समस्या देखिन्छन्। यी तीन मुख्य समस्याहरू अटिजम भएका अधिकांश व्यक्तिहरूमा देखापर्छन् भनेर डाक्टर विश्वासले बताए। इन्द्रिय प्रणालीमा असन्तुलन भएकाले अटिजम भएका व्यक्तिहरूले आफ्नो वरपरको वातावरण, मानिस र वस्तुप्रति असामान्य र भिन्न किसिमको प्रतिक्रिया जनाउने गर्छन्।

    अटिजमको प्रकोप विश्वभर बढ्दो छ। हाल हरेक ८८ मध्ये एक जना बालबालिकामा अटिजम देखापर्ने प्रमाणित भइसकेको छ। अटिजम कुनै रोग नभई मस्तिष्कको विशेष अवस्था हो र यससम्बन्धी अनुसन्धानहरू अझै जारी छन्।

    अटिजमका लक्षणहरू बालक जन्मिएपछि करिब दुई वर्षसम्म प्रष्ट रूपमा चिन्न गाह्रो हुन्छ। शारीरिक रूपमा सक्रिय देखिए पनि भाषिक विकास नभएको थाहा पाएपछि मात्रै धेरै अभिभावकहरू चिकित्सककहाँ पुग्ने गर्छन्। प्रशिक्षित र अनुभवी चिकित्सकले मात्रै अटिजमको सही पहिचान गर्न सक्ने भएकाले धेरै बालबालिकामा ५-६ वर्षको उमेरपछि मात्रै पहिचान हुने गरेको छ।

    कसरी चिन्ने?

    बालबालिकाको भाषा विकास हुनु अगावै, १६ महिनादेखि ३ वर्षको उमेरसम्म, उनीहरूले औँलाले वस्तु देखाउने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले देखाएको वस्तुतर्फ हेर्ने, चिनेको आवाज सुन्दा फर्किने, चिनेजानेका व्यक्तिसँग आँखामा आँखा जुध्दा मुस्कान दिने जस्ता सञ्चार गर्ने सीपहरूको विकास नदेखिए अटिजमको शंका गर्न सकिन्छ।

    अटिजम भएका व्यक्तिमा देखिने तीन मुख्य समस्या:

    १. सञ्चार गर्न कठिनाई

    २. समाजसँग घुलमिल हुन नसक्ने

    ३. सोचाइमा लचकता नहुनु

    यदि बच्चाले कसैसँग बोल्दैन, बोलाउँदा फर्केर हेर्दैन वा अरूसँग खेल्दैन भने अटिजमको आशंका गर्न सकिन्छ।

    उपचार के छ?

    अटिजमको औषधीय उपचार छैन। यसको सबैभन्दा प्रभावकारी उपाय थेरापी नै हो। समयमै पहिचान गरी प्रारम्भिक हस्तक्षेप गर्नु नै प्रभावकारी उपाय मानिन्छ। थेरापी र खेलकुदका माध्यमबाट सञ्चार र सामाजिक व्यवहार सिकाउन सकिन्छ।

    बालबालिकाका पहिलो गुरु अभिभावक नै हुन्। त्यसैले अभिभावकले तालिम लिएर आफ्ना बालबालिकालाई घरमै अभ्यास गराउन सकिन्छ। यस्तो अभ्यास बालबालिकाको विकासमा अत्यन्त लाभदायक हुन्छ। अटिजम आजीवन रहने अपांगता हो। यद्यपि धेरैजसो अटिजम भएका बालबालिका बौद्धिक रूपमा सक्षम भए पनि सामाजिक व्यवहारका समस्याका कारण पूर्ण रूपमा आत्मनिर्भर बन्न गाह्रो हुन्छ। त्यसैले अभिभावकहरूलाई मात्रै जिम्मेवारी दिन कठिन हुन्छ। नेपालमा पनि अटिजम भएका बालबालिकाका लागि विशेष व्यवस्थापन र संरक्षणको व्यवस्था गर्नु आवश्यक छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ५ गतेको राशिफल

    आज असार ५, २०८२ (जुन १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...