News Portal

राजतन्त्रप्रति कांग्रेसको स्पष्ट अडान : ‘विगतले धोका दियो, अब त्यही बाटो फर्किन्नौं’

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं, जेठ १९ – सत्तारूढ नेपाली कांग्रेसले राजसंस्थाप्रति कुनैपनि मोह नरहेको प्रष्ट पार्दै, राजतन्त्र पुनर्स्थापना सम्भव नभएको दृढ अभिव्यक्ति दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विगतमा राजसंस्थाबाट पटक–पटक धोका भोगिसकेको जनाउँदै अब त्यसै दिशातर्फ फर्किनु आत्मघाती हुने बताएका छन्।

“हामीले अघिल्लो पटक संवैधानिक राजा स्वीकार गरेका थियौं, तर त्यसबाट पटक–पटक धोका खायौं। त्यसैले अब फेरि त्यही गल्ती दोहोर्याउने पक्षमा कांग्रेस छैन,” उनले भने। “राजतन्त्रको समर्थनमा उभिने कुनै आधार छैन, न त त्यसो गर्नु उपयुक्त ठानिन्छ।”

डा. महतका अनुसार धर्म र संस्कृतिको संरक्षणबारे संविधानमा प्रस्ट व्यवस्था गरिएको छ र यस विषयमा आवश्यक परे भविष्यमा थप छलफल हुन सक्छ।

उनले राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शन र अभिव्यक्तिका विषयमा पनि प्रस्ट धारणा राख्दै भने, “राजावादीलाई बोल्ने र प्रदर्शन गर्ने छुट छ, हामीले त्यसमा अवरोध गरेका छैनौं। तर संविधानको सीमा लाँघेर, गैरसंवैधानिक गतिविधि गरेर जुनसुकै कुरा थोपर्न खोजिए त्यो कदापि स्वीकार्य हुने छैन।”

कांग्रेसको नेतृत्व तहबाट आएको यो स्पष्ट सन्देशले हालका दिनहरूमा राजसंस्थाको विषयलाई लिएर चलिरहेको बहसमा ठोस धारणा दिएको छ। विगतका अनुभवलाई आधार मानेर अब पुरानै गल्ती दोहोर्याउने स्थिति नरहेको कांग्रेसको औपचारिक अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवातसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...