News Portal

  • प्रधानमन्त्रीको कडा सन्देश : सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइमा ठेक्का रद्द हुने सम्भावना

    हिमालीसंचार संवाददाता
    ७८ पटक

    जनकपुरधाम, जेठ १८ – सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा भइरहेको सुस्त गतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चेतावनी दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको ढिलासुस्ती असह्य भइसकेको बताएका छन्।

    “अब ढिलाइ सहन सकिन्न,” प्रधानमन्त्री ओलीको स्वर थियो, “भ्रष्टाचारभन्दा पनि खतरनाक ढिलासुस्ती हो। सरकारले दुबैविरुद्ध कडा निगरानी गर्नेछ।”

    प्रधानमन्त्रीले दुई दशकसम्म एउटै आयोजनाको पर्खाइमा बस्नुपर्ने अवस्थाले सरकार र जनताको धैर्यको परीक्षा लिएको बताए। उनका अनुसार अब विकास आयोजनामा गति नआए ठेक्का रद्द गरिन सक्छ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विकास अब पछाडि नरहने दाबी गरे। उनले चक्रवात प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत ८७९ घर हस्तान्तरण गरिएको र १० हजारभन्दा बढी आवास निर्माण कार्य अघि बढेको जानकारी दिए।

    रेल सेवाको सन्दर्भमा उनले जनकपुरमा यात्रुको सङ्ख्याअनुसार सेवा नहुँदा घाटा हुने अवस्था आएको स्वीकार गर्दै भने, “हामीले आफ्नै जनतालाई रेलसम्बन्धी तालिम दिनुपर्छ। बाहिरबाट महँगोमा ल्याएर दीर्घकालीन समाधान सम्भव छैन।”

    पानीको अभाव झेलिरहेको मधेशको समस्या समाधानका लागि चुरे क्षेत्रमा पानी संचित गर्न पोखरी र जलस्रोत संरक्षणका कार्यक्रम ल्याइने पनि उनले उल्लेख गरे। “चुरेमा पानी रोक्न सकियो भने मधेश सिञ्चित बन्न सक्छ,” प्रधानमन्त्रीले भने, “यो प्रदेश गरीब होइन, तर कर्णालीभन्दा पनि पछि परेको अवस्था बदल्नुपर्छ।”

    २०७९ माघमा पटेल–रमण जेभीसँग सम्झौता गरी सुरु गरिएको बाँध निर्माण र विद्युत् उत्पादन गृह निर्माण कार्य चार वर्ष सात महिनामा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो। तर हालसम्म जम्मा ७ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

    सरकारले ठेक्का सम्झौताको ४५ प्रतिशत समय बितिसक्दा समेत कार्यप्रगति अत्यन्त न्यून देखिएकाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिँदै तोकिएको समयमै सम्पन्न गर्न नसके ठेक्का तोड्ने चेतावनीसमेत दिएको छ।

    प्रधानमन्त्री ओलीले सोही अवसरमा डिजिटल प्रविधिमार्फत ६४ वटा सडक आयोजनाको शिलान्यास पनि गरेका थिए। उनले देशको विकास अब भाषणबाट होइन, व्यवहार र परिणामबाट मापन हुने समय आएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...