News Portal

प्रधानमन्त्रीको कडा सन्देश : सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइमा ठेक्का रद्द हुने सम्भावना

हिमालीसंचार संवाददाता
२२४ पटक

जनकपुरधाम, जेठ १८ – सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा भइरहेको सुस्त गतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चेतावनी दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको ढिलासुस्ती असह्य भइसकेको बताएका छन्।

“अब ढिलाइ सहन सकिन्न,” प्रधानमन्त्री ओलीको स्वर थियो, “भ्रष्टाचारभन्दा पनि खतरनाक ढिलासुस्ती हो। सरकारले दुबैविरुद्ध कडा निगरानी गर्नेछ।”

प्रधानमन्त्रीले दुई दशकसम्म एउटै आयोजनाको पर्खाइमा बस्नुपर्ने अवस्थाले सरकार र जनताको धैर्यको परीक्षा लिएको बताए। उनका अनुसार अब विकास आयोजनामा गति नआए ठेक्का रद्द गरिन सक्छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विकास अब पछाडि नरहने दाबी गरे। उनले चक्रवात प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत ८७९ घर हस्तान्तरण गरिएको र १० हजारभन्दा बढी आवास निर्माण कार्य अघि बढेको जानकारी दिए।

रेल सेवाको सन्दर्भमा उनले जनकपुरमा यात्रुको सङ्ख्याअनुसार सेवा नहुँदा घाटा हुने अवस्था आएको स्वीकार गर्दै भने, “हामीले आफ्नै जनतालाई रेलसम्बन्धी तालिम दिनुपर्छ। बाहिरबाट महँगोमा ल्याएर दीर्घकालीन समाधान सम्भव छैन।”

पानीको अभाव झेलिरहेको मधेशको समस्या समाधानका लागि चुरे क्षेत्रमा पानी संचित गर्न पोखरी र जलस्रोत संरक्षणका कार्यक्रम ल्याइने पनि उनले उल्लेख गरे। “चुरेमा पानी रोक्न सकियो भने मधेश सिञ्चित बन्न सक्छ,” प्रधानमन्त्रीले भने, “यो प्रदेश गरीब होइन, तर कर्णालीभन्दा पनि पछि परेको अवस्था बदल्नुपर्छ।”

२०७९ माघमा पटेल–रमण जेभीसँग सम्झौता गरी सुरु गरिएको बाँध निर्माण र विद्युत् उत्पादन गृह निर्माण कार्य चार वर्ष सात महिनामा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो। तर हालसम्म जम्मा ७ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

सरकारले ठेक्का सम्झौताको ४५ प्रतिशत समय बितिसक्दा समेत कार्यप्रगति अत्यन्त न्यून देखिएकाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिँदै तोकिएको समयमै सम्पन्न गर्न नसके ठेक्का तोड्ने चेतावनीसमेत दिएको छ।

प्रधानमन्त्री ओलीले सोही अवसरमा डिजिटल प्रविधिमार्फत ६४ वटा सडक आयोजनाको शिलान्यास पनि गरेका थिए। उनले देशको विकास अब भाषणबाट होइन, व्यवहार र परिणामबाट मापन हुने समय आएको बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...