News Portal

कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा पक्राउ परेपछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ। सो घटनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कडा प्रतिक्रिया दिँदै अबको लडाइँ निर्णायक हुने उद्घोष गरेका छन्।

राजधानीको नक्शाल र बालुवाटार क्षेत्रलाई घेरेर आज गरिएको प्रदर्शनमा सहभागी भइरहेका कमल थापा निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले थापासहित अन्य तीन जना नेताहरुलाई पनि नियन्त्रणमा लिएको पुष्टि गरेको छ। यस घटनापछि आन्दोलनकारीहरु थप आक्रोशित बनेका छन्।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीव्र आवाजमा भने, “अब हामी देशभरबाट साथीभाइलाई काठमाडौं बोलाउँछौं। विशेष लडाइँ भोलिबाट सुरु हुन्छ। हामी एकै ठाउँमा मात्र भेला हुँदैनौं, ५० ठाउँबाट निस्कन्छौं। कहाँ-कहाँ रोक्नुहुन्छ तपाईंहरू?”

लिङ्देनले कमल थापालाई तत्काल ससम्मान रिहा नगरिए काठमाडौ उपत्यकालाई बन्द गरिने पनि स्पष्ट चेतावनी दिएका छन्। “कमल थापालाई अहिलेको अहिले यहीँ ल्याएर सम्मानसाथ फिर्ता नगरे राजधानी ठप्प पार्ने हाम्रो बाध्यता हुनेछ,” उनले घोषणा गरे।

उनले आन्दोलनलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै भने, “हाम्रो सहनशीलता हाम्रो कमजोरी होइन। यो राष्ट्र, धर्म र संस्कृतिको रक्षा गर्न हामी कत्तिपनि पछि हट्दैनौं।”

यसैबीच राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दलहरू जेठ १५ गतेदेखि निरन्तर प्रदर्शनमा छन्। तिनीहरूको माग स्पष्ट छ—राजसंस्थाको पुनःस्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा। आन्दोलनमा सहभागी पक्षहरूले अबको चरण निर्णायक हुने भन्दै देशभरबाट जनसहभागिता बढाउने तयारी थालेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...