News Portal

चोरीको आरोपमा प्रकाउ परेका ब्यापारीलाई सुर्खेत प्रहरीले ५ हजार धरौटीमा छोड्यो

हिमाली संचार संवाददाता
८९४ पटक

सुर्खेत : चोरीको आरोपमा प्रकाउ परेका गफार मिया, रहिम मिया, र साबीर मियाको पाँच हजार धरौटीमा रिहा भएका छन। गत कार्तिक २० पक्राउ परेका उनिहरुलार्इ जिल्ला अदालत सुर्खेतका न्यायधिस धुर्वकुमार शाहको एकल र्इजलासले रिहाँ गरेको हो।

उनिहरु प्रकाउ परेको समाचार केही दिन अगाडी सामाजिक संञ्जाल लगायत मिडियामा निकै चर्चा पाएपछी प्रहरीलार्इ समेत दबाब बढेको थियो।

अमर दिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो। हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ प्रकाउ गरेको हो। उनिहरुले भने कवाड समान अन्य व्यक्तीबाट खरिद गरेको दावी गर्दै आएका छन। त्यसपछी प्रहरीले सुर्खेत उधोग बाणिज्य संघलार्इ हराएको समानको एकिन मुल्य खुलार्इ दिन आग्रह गरेको थियो।

उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको १४४ नम्बरको मार्फत प्रहरीलार्इ जानकारी गराएको थियो। तर प्रहरीले त्यो पत्र आफु अनुकुल नभएको भन्दै मुद्घा मेशिलमा नराखि पुनःसुर्खेत उधोग बाणिज्य संघलार्इ मंसिर ६ गते २३८४ नम्बरको चलानीपत्र सहित एकिन मुल्य खुलार्इ दिन अर्को पत्र काटेको हो।

प्रहरीले यस अघि काटेको पत्रमा पुरानको ट्याक्टरको र्इन्जिन भनिएको थियो भने त्यस पछीको अर्को पत्रमा ट्याक्टरको र्इन्जिन,ब्लक तथा त्यसमा लाग्ने पाटपुर्जा भनिएको थियो। प्रहरीले अमर दिप अटो मोबार्इल्सका संञ्चालक संग समुन्यन गरि उधोग बाणिज्य संघलार्इ अर्को पत्रमा विगो सहित पहिलेको मुल्य परिवर्तन गरी १ लाख २२ हजार ८ सय ५१ तोक्न आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यलय सुर्खेतले यस अघि उधोग बाणिज्य संघले काटेको पत्र मुद्दा मेशिलबाट हटाएर आफ्नो पत्र मात्र सरकारी वकिलको कार्यलयमा पेश गरेको थियो।

यस्तै रिहाँ भए लग्तै उनिहरुले अदालतले आफुहरुलार्इ न्याएको अनुभुति दिएको भन्दै खुशि भएको बताएका छन। आफुहरु तरार्इको नागरिक भएपनि पहाडमा आएर अदालतले स्वतन्त्र न्याय दिएको साबीर मियाले बताए । उनले अदालतले न्याय दिएपनि प्रहरीले भने आफुहरुलार्इ निकै दुख दिएको गुनासो समेत गरेका छन।

छुटाउनु भयो कि !

सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन 

सुर्खेत प्रहरीलाई सुचना लुकाएको आरोप

प्रतिकृया दिनुहोस्

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...