News Portal

झापामा खुकुरी प्रहार गरी श्रीमानको हातबाट श्रीमती को हत्या, श्रीमान पक्राउ

हिमालीसंचार संवाददाता
२२३ पटक

झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया पत्नी पूजा हेमरन (विटी हेमरन) माथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परेका छन्। घटनास्थलमै पूजाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

शनिबार राति उक्त घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको टोलीले तत्कालै कविराजलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आपसी विवादकै कारण उनले यस्तो जघन्य अपराध गरेको हुन सक्ने आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...