News Portal

नवलपुरमा नयाँ मोटरसाइकल किनेको केही घण्टामै दाजु–भाइको निधन

संगीता गुरुङ
२५२ पटक

बुटवल, वैशाख २८ – नवलपरासी पूर्व (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकै घरका दाजु–भाइको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र उनका २१ वर्षीय भाइ ईश्वरी दर्लामीको घटनास्थलनजिकै ज्यान गएको हो। लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएपछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए।

स्थानीय जनप्रतिनिधि विष्णुवीर रानामगरका अनुसार सागर केही साताअघि मात्र भारतबाट बिदामा फर्किएका थिए। बिदामा फर्किएपछि उनले स्थानीय एक होटलमा काम सुरु गरेका थिए। शनिबार बिहान सागरले भाइ ईश्वरीलाई नयाँ मोटरसाइकल किनिदिएर उनीसँगै बजार घुम्न निस्किएका थिए। साँझपख घर फर्कने क्रममा लोकाहा जंगलमा उनीहरूको मोटरसाइकल दुर्घटनामा पर्‍यो।

पिता करीब १० वर्षअघि नै बितिसकेका दाजु–भाइलाई आमाले निकै कठिन परिस्थितिमा हुर्काएर र पढाएर अगाडि बढाएकी थिइन्। आर्थिक अवस्था कमजोर भएका कारण केही समयअघि मात्रै सामुदायिक वन उपभोक्ता समितिको पहलमा स्थानीय बासिन्दाको सहयोगमा उनीहरूको दुईधुर जग्गामा सानो घर निर्माण गरिएको थियो।

तर, नयाँ सुरुवातको सपना देख्दै गरेका यी दाजु–भाइको अकालमै ज्यान गएको खबरले गाउँभर शोकको छायाँ छाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...