News Portal

भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ

रबिन्द्र बराल
२७९ पटक

मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ।

पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली आसपासका केही क्लिनिकहरूमा कार्यरत रहेका थिए। भारतीय प्रहरीले जनाएको अनुसार उनी भारतमै बसेर नेपालका विभिन्न स्थानहरूमा लागुऔषध ओसारपसार गर्दै आएका थिए। साथै, उनले नेपालमा प्रतिवन्धित केही औषधिहरू पनि ल्याई सप्लाई गर्ने कार्यमा संलग्न रहेको खुलेको छ।

पक्राउ परेका मण्डल भारतबाट स्कुटर (BR 38 AM 7246) मा केही सामान बोकेर सिक्टी नाकाबाट नेपालतर्फ आउँदै थिए। त्यही क्रममा भारतीय एसएसपीको टोलीले उनलाई देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिएको हो। प्रहरीले उनकाे साथबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको जनाएको छ।

हाल उनलाई भारतको अररिया जिल्लाको सिकटी थाना अन्तर्गत राखिएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...