News Portal

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना : ६ जनाको ज्यान गयो, एकजना घाइते

हिमालीसंचार संवाददाता
३४८ पटक

भारत, वैशाख २५ – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्।

गंगानी क्षेत्रभन्दा अगाडि भएको सो दुर्घटनामा एक निजी कम्पनी ‘एरो ट्रिंक’को हेलिकप्टर संलग्न रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हेलिकप्टरमा सात जना यात्रु सवार थिए। दुर्घटनाको खबर पाएसँगै प्रहरी प्रशासन तथा विपद् व्यवस्थापन टोली तुरुन्तै घटनास्थलतर्फ गएको थियो र उद्धार कार्यमा खटिएको थियो।

हाल उत्तराखण्डमा चारधाम यात्रा सुरु भएकाले तीर्थयात्रीहरूको ठूलो भीड ती क्षेत्रहरूमा देखिएको छ। केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्री दर्शन गर्न हजारौँ यात्रुहरू पुगिरहेका छन्। यात्रा सहज बनाउने उद्देश्यले हेलिकप्टर सेवाको प्रयोग व्यापक भइरहेको छ।

यसैबीच, पछिल्लो केही दिनदेखि उत्तराखण्डमा मौसम प्रतिकूल बन्दै गएको छ। भारतीय मौसम विभागले देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावत जिल्लामा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र तेज हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ।

गत सोमबार पनि खराब मौसमकै कारण बद्रीनाथबाट देहरादूनतर्फ गइरहेको अर्को हेलिकप्टरले गोपेश्वरको खेल मैदानमा आकस्मिक अवतरण गर्नु परेको थियो। त्यस क्रममा अवतरणस्थलमा गाडी पार्क गरिएको हुँदा हेलिकप्टरले मैदानतर्फ मोडेर केहीबेर विश्राम गरेर पुनः देहरादूनका लागि प्रस्थान गरेको थियो।

दुर्घटनाबारे विस्तृत विवरण सार्वजनिक भइनसके पनि मौसमका कारण हेलिकप्टर उडानहरूमा जोखिम बढिरहेको देखिएको छ। तीर्थयात्रीहरूलाई सतर्क रहन तथा मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा तय गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...