News Portal

समाचारको प्रभाव

रबिन्द्र बराल
१८०६ पटक

मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल लगायत विभिन्न अनलाइन मिडियामा सम्प्रेषण भएपछि सहयोगी दाताहरूले सहयोग गरेका छन्।

रंगेली क्लबका उपाध्यक्ष तथा रंगेली–७ निवासी हाल वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका आकाश साहले उक्त परिवारकी जेठी छोरी अर्चना ऋषिदेवलाई विद्यालय जान घरबाट ४ किलोमिटर टाढा परेकाले आउजाउ सहज होस् भनेर साइकल हस्तान्तरण गरेका छन्।

अर्चनाले घरमा साइकल किनिदिन अनुरोध गरेकी थिइन्। तर, घरमा अहिले दुई छाक टार्न समेत समस्या भएको र घरसमेत चारैतिरबाट भत्किएको अवस्थामा रहेको हुँदा निकै समस्या परेको अर्चनाकी आमाले बताइन्। उनले छोराछोरीका लागि लुगा, कपी, कलम किन्न समेत आर्थिक अभाव रहेको उल्लेख गरिन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...