News Portal

‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी मसूद अजहर फेरि चर्चाको केन्द्रमा आएका छन्। बुधबार बिहान भारतले पाकिस्तानको विभिन्न आतङ्ककारी क्याम्पहरूमा गरेको लक्षित सैन्य कारबाहीपछि मसूदका परिवारका सदस्यहरू मारिएको दाबी उनले स्वयं गरेका छन्।

अत्यन्तै संवेदनशील मानिएको यस कारबाहीलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उक्त कारबाही जम्मु–कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो। उक्त आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

मसूद अजहरले सार्वजनिक गरेको वक्तव्यमा पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा उनका कम्तीमा १० जना परिवारका सदस्य र चार जना नजिकका सहयोगीको ज्यान गएको उल्लेख गरिएको छ। मारिएकामध्ये उनकी दिदी, भिनाजु, भतिजा, भतिजाकी पत्नी, भतिजी र पाँच बालबालिका रहेको उल्लेख छ।

भारतीय सेनाले पाकिस्तान र त्यहाँ नियन्त्रित कश्मीरमा रहेका नौवटा आतङ्कवादी तालिम केन्द्रमा हमला गरेको दाबी गरेको छ। ती क्याम्पहरू जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिज्बुल मुजाहिद्दिनसँग जोडिएका थिए।

यसबीच पाकिस्तानले पनि भारतीय आक्रमणको जवाफ दिने चेतावनी दिँदै भारतका पाँच लडाकू विमान खसालेको दाबी गरेको छ। तीमध्ये तीन वटा फ्रान्समा निर्मित राफेल र दुई वटा रुसी लडाकू जहाज रहेको बताइएको छ। तर भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

दुवै देशका सीमावर्ती क्षेत्रका विद्यालय बन्द गरिएका छन् भने हवाई यातायातसमेत प्रभावित भएको छ। एसियाका थुप्रै विमान कम्पनीहरूले युरोपतर्फका उडान रद्द गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि चुलिँदै गएको छ। संयुक्त राष्ट्रसंघले संयम अपनाउन आग्रह गरेको छ भने चीनले कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।

भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायतले सामाजिक सञ्जालमार्फत ‘अपरेसन सिन्दुर’लाई आतंकवादविरुद्धको निर्णायक कदम भनेका छन्।

स्मरण रहोस्, सन् १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको ‘आइसी–८१४’ जहाज अपहरणमा परेपछि भारतले तीन जना आतङ्ककारी रिहा गर्‍यो। रिहा गरिएका मध्ये मसूद अजहरले नै पछि गएर जैश–ए–मोहम्मद आतङ्ककारी संगठनको स्थापना गरेका थिए, जसले भारतमा थुप्रै आतङ्ककारी हमलाहरू गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...