News Portal

दुई श्रीमतीबीचको विवाद, अन्त्यमा श्रीमतीको हत्या गरी आफैंले गरे आत्महत्या

संगीता गुरुङ
३२१ पटक

पोखरा महानगरपालिका–१७ मा एक दर्दनाक घटना घटेको छ, जहाँ एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि आफ्नै ज्यानसमेत लिएर जीवनको अध्याय समाप्त गरेका छन्।

स्थानीय ऋषिराम बरालले आफ्नी कान्छी श्रीमती देवीमाया पराजुलीको हत्या गरेपछि आत्महत्या गरेको कास्की प्रहरीले पुष्टि गरेको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएअनुसार, बारम्बारको घरायसी विवादले स्थिति चुलिँदै जाँदा यसरी ज्यान लिने र दिनेसम्मको स्थिति आएको देखिएको छ।

“बरालको दुई जना श्रीमती रहेको खुलेको छ। उनी पछिल्लो समय कान्छी श्रीमतीसँगै बस्दै आएका थिए,” कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले कुराकानीमा बताए, “घरेलु विवादका कारण हत्या गरी त्यसपछि आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।”

यस घटनाले स्थानीयवासीहरूलाई स्तब्ध बनाएको छ। प्रहरीले हाल घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ भने दुवैको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। घटनाकाे वास्तविक कारण पत्ता लगाउन प्रहरीले छानबिनलाई तीव्रता दिएको छ।

स्थानीय समाजमा पछिल्लो समय बढ्दो पारिवारिक तनाव र घरेलु हिंसाका घटनाहरू चिन्ताको विषय बनेका छन्। यस्तो घटनाले फेरि एकपटक परिवारभित्रको असमझदारी कति गहिरो र खतरनाक हुनसक्छ भन्ने कुराको संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...