News Portal

धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

हिमालीसंचार संवाददाता
१८५ पटक

धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित कोशी लोकमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।

१ ख २१७७ नम्बरको टाटा बस बिहान करिब १०:१५ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ। बाँकी अन्य घाइतेहरूको समेत जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

दुर्घटनामा परेका अन्य यात्रुहरूमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र–२ का कृष्ण राउत, धरान उपमहानगरपालिका–१३ का बस चालक रुद्र तामाङ, भोजपुर पौवादुङमा–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, षडानन्द–११ की कापुर्णमाया तामाङ, सोही ठाउँका लिलाबहादुर श्रेष्ठ, इटहरीका आयुष राई तथा धनकुटा–६ का धनकुमार विक र दीर्घमाया राई रहेका छन्।

बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट तल खसेको हुन सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...