News Portal

रौतहटको सुधार केन्द्रमा युवकमाथि अमानवीय कुटपिट, भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय

संगीता गुरुङ
३८४ पटक

रौतहट, वैशाख २२ — रौतहट जिल्लाको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रमा एक युवकमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय सक्रिय भएका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओमा देखिएअनुसार, तीन जना व्यक्तिले एक युवकलाई भुइँमा लडाएर उसका खुट्टामा पाइपले प्रहार गरिरहेका छन्। यो दर्दनाक दृश्य देखाउने भिडिओ कहिले खिचिएको हो भन्ने खुलेको छैन, तर सार्वजनिक भएलगत्तै त्यसले व्यापक आलोचना र चासो उत्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीका अनुसार भिडियो सार्वजनिक भएपछि प्रहरीको डिएसपी नेतृत्वको टोली तत्काल घटनास्थलतर्फ पठाइएको हो। उनले भने, ‘घटनाबारे यथार्थ बुझ्न प्रहरी टोली खटाइएको छ।’

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटबाट पनि सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को नेतृत्वमा छुट्टै टोली घटनास्थल पुगिसकेको छ।

हाल घटनास्थलमा के भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

भिडियो हेर्नुहोस :

https://www.facebook.com/share/r/15qLwnHfcF/

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...