News Portal

कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

संगीता गुरुङ
२१३ पटक

काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्।

दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले परीक्षा केन्द्रको जिम्मेवारी अस्वीकार गर्दै राजीनामा दिएका छन्। त्यस्तै, धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले पनि केन्द्राध्यक्ष पद त्याग गरेका छन्।

दुवै शिक्षकले परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै पेश गरेको राजीनामा पत्रमा, बोर्डको आदेशप्रति असहमति जनाउँदै जबर्जस्ती परीक्षामा खटिनुपर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनीहरूका अनुसार, विद्यमान परिस्थितिमा परीक्षा सञ्चालनका लागि अनुकूल वातावरण छैन।

नेपाल शिक्षक महासङ्घले चैत्र २० गतेदेखि सुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै कक्षा १२ को परीक्षा बहिष्कार गर्न आग्रह गरिरहेका बेला केन्द्राध्यक्षहरूको राजीनामा आएको हो। यता, परीक्षा बोर्ड भने परीक्षा तोकिएको मितिमै सम्पन्न गर्ने पक्षमा अडिग देखिएको छ।

शिक्षकहरूको आन्दोलन र जिम्मेवारी वहन गर्न अस्वीकार गरेपछि कक्षा १२ को परीक्षा नियमित ढङ्गले सञ्चालन हुनेमा आशंका बढेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...