News Portal

कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

संगीता गुरुङ
३०५ पटक

काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्।

दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले परीक्षा केन्द्रको जिम्मेवारी अस्वीकार गर्दै राजीनामा दिएका छन्। त्यस्तै, धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले पनि केन्द्राध्यक्ष पद त्याग गरेका छन्।

दुवै शिक्षकले परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै पेश गरेको राजीनामा पत्रमा, बोर्डको आदेशप्रति असहमति जनाउँदै जबर्जस्ती परीक्षामा खटिनुपर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनीहरूका अनुसार, विद्यमान परिस्थितिमा परीक्षा सञ्चालनका लागि अनुकूल वातावरण छैन।

नेपाल शिक्षक महासङ्घले चैत्र २० गतेदेखि सुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै कक्षा १२ को परीक्षा बहिष्कार गर्न आग्रह गरिरहेका बेला केन्द्राध्यक्षहरूको राजीनामा आएको हो। यता, परीक्षा बोर्ड भने परीक्षा तोकिएको मितिमै सम्पन्न गर्ने पक्षमा अडिग देखिएको छ।

शिक्षकहरूको आन्दोलन र जिम्मेवारी वहन गर्न अस्वीकार गरेपछि कक्षा १२ को परीक्षा नियमित ढङ्गले सञ्चालन हुनेमा आशंका बढेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...