News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    संगीता गुरुङ
    ७७ पटक

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंविरुद्ध विभिन्न पाँचवटा गम्भीर मुद्दामा बयान लिने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

    जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलमा उपस्थित गराएर सोमबारदेखि प्रसाईंको बयान लिइन थालिएको हो। कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार सोमबार सीमित समय मात्र बयान लिइएको थियो भने मंगलबारदेखि सो प्रक्रिया थप व्यापक बनाइएको छ।

    सरकारी वकिल स्रोतका अनुसार प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवसम्बन्धी अभियोगहरूमा अनुसन्धान जारी छ। चैत १५ गतेको प्रदर्शनमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि गाडी हानेको, अपशब्द बोलेको र हिंसा भड्काएको आरोप उनीमाथि लागेको छ। सार्वजनिक भएको भिडिओमा उनी आफैंले गाडी चलाउँदै सुरक्षाकर्मीलाई ठक्कर दिएको दृश्य प्रस्ट देखिन्छ।

    उक्त दिनको प्रदर्शनका क्रममा प्रदर्शनकारीले घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर सविन महर्जनको पनि ज्यान गएको थियो। प्रदर्शन अत्यधिक हिंसात्मक बन्दा निजी तथा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको थियो। सवारी साधन जलाइएको, पसल र मार्टहरूमा तोडफोड गरिएको थियो।

    चैत २८ गते भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई भोलिपल्ट काठमाडौं ल्याई १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ। हालसम्म तीनकुने घटनासँग जोडिएर ८४ जना पक्राउ परिसकेका छन्। राप्रपा महामन्त्री धवल शमशेर राणा र केही व्यापारीहरूलाई हिरासत मुक्त गरिएको भए पनि उनीहरूमाथि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

    झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय प्रसाईं पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएका थिए। सोही अभियान अन्तर्गत तीनकुनेमा गरिएको प्रदर्शन हिंसामा परिणत भएपछि उनीमाथि राज्यविरुद्धको अपराधसमेत थपिएको हो।

    प्रतिकृया दिनुहोस्

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...

    एनआरएन अभियन्ताहरूको अपिल : तोकिएको समयमा नै महाधिवेशन गर्न जोड

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट...

    आजको राशिफल

    आज वैशाख १६, २०८२ (अप्रिल २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    राजसंस्थाको पक्षमा आवाज उठाएकै कारण राप्रपाका नेताहरू पक्राउमा, अध्यक्ष लिङ्देनको आरोप

    काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै...