News Portal

तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

संगीता गुरुङ
३०२ पटक

काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंविरुद्ध विभिन्न पाँचवटा गम्भीर मुद्दामा बयान लिने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलमा उपस्थित गराएर सोमबारदेखि प्रसाईंको बयान लिइन थालिएको हो। कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार सोमबार सीमित समय मात्र बयान लिइएको थियो भने मंगलबारदेखि सो प्रक्रिया थप व्यापक बनाइएको छ।

सरकारी वकिल स्रोतका अनुसार प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवसम्बन्धी अभियोगहरूमा अनुसन्धान जारी छ। चैत १५ गतेको प्रदर्शनमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि गाडी हानेको, अपशब्द बोलेको र हिंसा भड्काएको आरोप उनीमाथि लागेको छ। सार्वजनिक भएको भिडिओमा उनी आफैंले गाडी चलाउँदै सुरक्षाकर्मीलाई ठक्कर दिएको दृश्य प्रस्ट देखिन्छ।

उक्त दिनको प्रदर्शनका क्रममा प्रदर्शनकारीले घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर सविन महर्जनको पनि ज्यान गएको थियो। प्रदर्शन अत्यधिक हिंसात्मक बन्दा निजी तथा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको थियो। सवारी साधन जलाइएको, पसल र मार्टहरूमा तोडफोड गरिएको थियो।

चैत २८ गते भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई भोलिपल्ट काठमाडौं ल्याई १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ। हालसम्म तीनकुने घटनासँग जोडिएर ८४ जना पक्राउ परिसकेका छन्। राप्रपा महामन्त्री धवल शमशेर राणा र केही व्यापारीहरूलाई हिरासत मुक्त गरिएको भए पनि उनीहरूमाथि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय प्रसाईं पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएका थिए। सोही अभियान अन्तर्गत तीनकुनेमा गरिएको प्रदर्शन हिंसामा परिणत भएपछि उनीमाथि राज्यविरुद्धको अपराधसमेत थपिएको हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...