News Portal

बेलौरीको घटियाघाटमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्दै

संगीता गुरुङ
३३५ पटक

कञ्चनपुर, वैशाख ९ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाट क्षेत्रमा मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।

शव बेल्डाँडी गाउँपालिका–३ निवासी ५० वर्षीय हरिकिसन रानाको भएको पुष्टि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको हो। प्रहरीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे भारतको कोलकाता जाने योजना सहित मोटरसाइकलमा घरबाट निस्किएका थिए। तर, केही समयपछि उनी घटियाघाट क्षेत्रमा जलेको अवस्थामा मृत भेटिएका हुन्। मृतकको छेउमै उनको मोटरसाइकल समेत जलेको अवस्थामा फेला परेको थियो।

घटनालाई गम्भीरताका साथ लिई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी स्वयं घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। यस घटनामा कुनै आपराधिक षड्यन्त्र रहेको आशंकामा नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।

यस्तै, घटनाको यथार्थ पत्ता लगाउन थप प्राविधिक अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य गर्ने तयारी समेत गरिएको प्रहरीले जानकारी दिएको छ।

हाल घटनाको प्रकृति र कारणबारे बिस्तृत छानबिन भइरहेको छ। प्रहरी स्रोतका अनुसार हत्या, दुर्घटना वा अन्य कोणबाट समेत अनुसन्धान विस्तार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...