News Portal

शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक होमराज पौडेलको वास्तविक परिचय खुलेको छ। उनले सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा भाग लिइरहेका थिए, तर उनी निजी स्कुलका सञ्चालक समेत भएको खुलासा भएको हो।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ मा रहेको फ्लोरेन्स नाइटिङ्गल स्कुलका सञ्चालक पौडेल, आन्दोलनमा सहभागी भई सामुदायिक विद्यालयका शिक्षकको सेवा सुविधाका पक्षमा आवाज उठाइरहेका थिए। तर उनी स्वयं भने निजी विद्यालयमा शिक्षण गरिरहेका छन्।

उनको नृत्यले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेपछि, उनी विभिन्न युट्युब च्यानलहरूमार्फत अन्तर्वार्ता दिँदै सामुदायिक विद्यालयका शिक्षकको हकहितको वकालत गरिरहेका छन्। तर, धेरै अन्तर्वार्तामा उनले आफू कहाँ पढाउँछु भन्ने प्रश्न नगर्न आग्रह गर्दै आएका छन्।

हिमालय टेलिभिजनको एक कार्यक्रममा उनले स्पष्ट रूपमा भनेका छन्, “म सरकारी स्कुलको शिक्षक होइन, म निजी स्कुलमा पढाउँछु।” अन्तर्वार्ताका क्रममा प्रस्तुतकर्ता द्वारा उनलाई “तपाईं सरकारी शिक्षक हैन?” भनेर सोधिएको प्रश्नमा उनले खुलेर आफ्नो निजी स्कुलसँगको सम्बन्ध स्वीकारेका थिए।

उनको वास्तविक परिचय सार्वजनिक भएपछि धेरै दर्शकले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै, उनी निजी स्कुलका लगानीकर्ता भएको टिप्पणी गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...