News Portal

शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

हिमालीसंचार संवाददाता
५०४ पटक

काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक होमराज पौडेलको वास्तविक परिचय खुलेको छ। उनले सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा भाग लिइरहेका थिए, तर उनी निजी स्कुलका सञ्चालक समेत भएको खुलासा भएको हो।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ मा रहेको फ्लोरेन्स नाइटिङ्गल स्कुलका सञ्चालक पौडेल, आन्दोलनमा सहभागी भई सामुदायिक विद्यालयका शिक्षकको सेवा सुविधाका पक्षमा आवाज उठाइरहेका थिए। तर उनी स्वयं भने निजी विद्यालयमा शिक्षण गरिरहेका छन्।

उनको नृत्यले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेपछि, उनी विभिन्न युट्युब च्यानलहरूमार्फत अन्तर्वार्ता दिँदै सामुदायिक विद्यालयका शिक्षकको हकहितको वकालत गरिरहेका छन्। तर, धेरै अन्तर्वार्तामा उनले आफू कहाँ पढाउँछु भन्ने प्रश्न नगर्न आग्रह गर्दै आएका छन्।

हिमालय टेलिभिजनको एक कार्यक्रममा उनले स्पष्ट रूपमा भनेका छन्, “म सरकारी स्कुलको शिक्षक होइन, म निजी स्कुलमा पढाउँछु।” अन्तर्वार्ताका क्रममा प्रस्तुतकर्ता द्वारा उनलाई “तपाईं सरकारी शिक्षक हैन?” भनेर सोधिएको प्रश्नमा उनले खुलेर आफ्नो निजी स्कुलसँगको सम्बन्ध स्वीकारेका थिए।

उनको वास्तविक परिचय सार्वजनिक भएपछि धेरै दर्शकले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै, उनी निजी स्कुलका लगानीकर्ता भएको टिप्पणी गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...