News Portal

आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

संगीता गुरुङ
१९१ पटक

८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै १३ वर्षीया छोरीमाथि अनैतिक व्यवहार गरेको गम्भीर आरोपमा एक ३६ वर्षीय बाबु पक्राउ परेका छन्।

प्रहरीका अनुसार बालिकाले आफन्तमार्फत घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दर्ता भएको थियो। अनुसन्धानको क्रममा बालिकामाथि लामो समयदेखि दुव्र्यवहार हुँदै आएको खुलेको जनाइएको छ।

पीडित बालिकाकी आमा दोस्रो विवाह गरी घर छाडेपछि ती बालिका बाबुसँगै बस्दै आएकी थिइन्। घटनासँग सम्बन्धित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ भने पीडित बालिकाको सुरक्षाका लागि आवश्यक पहल गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...