News Portal

आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

संगीता गुरुङ
३२७ पटक

८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै १३ वर्षीया छोरीमाथि अनैतिक व्यवहार गरेको गम्भीर आरोपमा एक ३६ वर्षीय बाबु पक्राउ परेका छन्।

प्रहरीका अनुसार बालिकाले आफन्तमार्फत घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दर्ता भएको थियो। अनुसन्धानको क्रममा बालिकामाथि लामो समयदेखि दुव्र्यवहार हुँदै आएको खुलेको जनाइएको छ।

पीडित बालिकाकी आमा दोस्रो विवाह गरी घर छाडेपछि ती बालिका बाबुसँगै बस्दै आएकी थिइन्। घटनासँग सम्बन्धित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ भने पीडित बालिकाको सुरक्षाका लागि आवश्यक पहल गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...