News Portal

ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

संगीता गुरुङ
४७१ पटक

ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा आगलागी भई ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

घटना फुङलिङ नगरपालिका–१० स्थित गुन्द्रे र तेर्सेको छेउको सडकखण्डमा भएको हो। मे १ ज ३०११ नम्बरको गाडीमा अचानक विद्युतको तार खस्दा आगो लागेको थियो। प्रहरीका अनुसार घटनास्थलमै ४ जनाको ज्यान गएको पुष्टि भएको छ।

मृत्यु हुनेमा गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन्।

उक्त गाडीमा जम्मा ६ जना सवार थिए। घाइते हुनेमा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य रहेका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार मृतक आध्या आचार्य घाइते सविना आचार्यकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका बुबा–आमा हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...