News Portal

कैलालीमा ६ जना लागूऔषधसहित पक्राउ

कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२३१ पटक

कैलाली, ६ फागुन। कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, विभिन्न स्थानहरूबाट यी ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्तिहरूमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय विनोद गिरी, बाजुराका २३ वर्षीय देवेन्द्र खाती, १६ वर्षीय अनुज ओखेडा, २७ वर्षीय रुपेन्द्र रावल, ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट समावेश छन्।

गिरी र खातीलाई धनगढी उपमहानगर-२ ब्यारेल, ओखेडा र रावललाई लल्लिपुर वडा नम्बर १९, र भण्डारी र ढाँटलाई वडा नम्बर १२ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...