News Portal

बोलिभियामा बस दुर्घटना, ३१ जनाको ज्यान गयो

बोलिभियाको दक्षिण पश्चिमी जिल्ला योकल्लामा भएको भीषण बस दुर्घटनामा ३० जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
२५३ पटक

फाल्गुन ६, दक्षिण अमेरिका – बोलिभियाको दक्षिण पश्चिमी जिल्ला योकल्लामा भएको भीषण बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएपछि ८०० मिटर तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्, जसमा चार जना बालबालिका रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

यो दुर्घटना पोतोसी र ओरुरो सहरको बीचमा भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ।

बोलिभियामा सडक दुर्घटनाहरू प्रायः भइरहने गरेका छन्। यो वर्षको अहिलेसम्मकै सबैभन्दा गम्भीर दुर्घटनाका रूपमा यसलाई लिइएको छ। गत महिना मात्र पोतोसी क्षेत्रमा भएको अर्को दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...