News Portal

खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखिएको नियमावली सच्याए

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ उल्लेख गरी हस्ताक्षर गरेको नियमावली सच्याएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
३३० पटक

२९ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ उल्लेख गरी हस्ताक्षर गरेको नियमावली सच्याएका छन्।

नेपाल स्काउट कर्मचारी नियमावली संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको थियो, जसमा मन्त्री चौधरीले हस्ताक्षर गरेका थिए। उक्त नियमावलीमा त्रुटि भएको समाचार बाहिरिएपछि उनले त्यसलाई सच्याई ‘नेपाल सरकार’ बनाएका छन्।

नियमावलीको अनुसूची (४९क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४०) मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य उल्लेख गरिएको थियो।

मन्त्रालयले नियमावली टाइप गर्दा गल्ती भएको बताएको छ र त्यसलाई सच्याइसकेको जानकारी गराएको छ।

स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीले त्रुटि सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालय पठाएका छन्।

प्रधान कार्यालयमा पठाइएको पत्रमा उल्लेख गरिएको छ, ‘संविधानसँग बाँझिने कानुन अमान्य हुनेछ भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याई, नियमावलीमा उल्लेखित ‘श्री ५ को सरकार’ शब्दको सट्टा ‘नेपाल सरकार’ शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।’

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...