News Portal

खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखिएको नियमावली सच्याए

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ उल्लेख गरी हस्ताक्षर गरेको नियमावली सच्याएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
२६४ पटक

२९ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ उल्लेख गरी हस्ताक्षर गरेको नियमावली सच्याएका छन्।

नेपाल स्काउट कर्मचारी नियमावली संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको थियो, जसमा मन्त्री चौधरीले हस्ताक्षर गरेका थिए। उक्त नियमावलीमा त्रुटि भएको समाचार बाहिरिएपछि उनले त्यसलाई सच्याई ‘नेपाल सरकार’ बनाएका छन्।

नियमावलीको अनुसूची (४९क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४०) मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य उल्लेख गरिएको थियो।

मन्त्रालयले नियमावली टाइप गर्दा गल्ती भएको बताएको छ र त्यसलाई सच्याइसकेको जानकारी गराएको छ।

स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीले त्रुटि सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालय पठाएका छन्।

प्रधान कार्यालयमा पठाइएको पत्रमा उल्लेख गरिएको छ, ‘संविधानसँग बाँझिने कानुन अमान्य हुनेछ भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याई, नियमावलीमा उल्लेखित ‘श्री ५ को सरकार’ शब्दको सट्टा ‘नेपाल सरकार’ शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...