News Portal

प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ

हिमालीसंचार संवाददाता
७७६ पटक

हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईकाे मंगलबार ४२ वर्षको उमेरमा दुःखद निधन भयो। उनी नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्य समेत थिए।

राई प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई ललितपुरकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थिए। उपचारमा देश विदेशबाट निकै ठुलो धनराशी संकलन गरिएको थियो तर पनि प्यानकृज ट्यूमर नामक घातक रोगले ज्यान लिएरै छोड्यो उनका भाई युवक राई भन्छन्।

खोटाङको तत्कालिन सुङदेल गाविसको वडा नम्बर ६ (हालको केपिलासगढी गाउँपालिका वडा नम्बर ७ सुङ्देल)मा बि.सं. २०३९ वैशाख १० गते जन्मिएका राई हाल सम्पूर्ण परिवारसहित सुनसरीको धरान उपहानगरपालिका- ११ मा बसोबास गर्दै आएका थिए।

वैदेशिक रोजगारीको शिलशिलामा लामो समयदेखि मकाऊमा रहदा हिमालीसंचारमा जोडिएका थिए राई। उनले किराया मकाऊकाे महासचिव रहेर पनि काम गरेका थिए भने, मकाऊमै रहदा उनी सामाजिक सेवामा निकै सक्रितापूर्वक रहेको अनुभव सुनाउँछिन् नेपाली जनसम्पर्क समिति मकाऊका सभापति निर्मला राना थापा मगर।

उनले सामाजिक संजालमा लेख्दै- “म नि:शब्द छु !
उत्कृष्ट स्वभाव र प्रतिभाशाली व्यक्तित्व गुमाएको आज हामीले ! हार्दिक श्रध्दाञ्जलि हामी सबैको प्यारो दाई !” समबेदना ब्यक्त गरेकीछन्।

त्यस्तै, उनका धनकुटा क्याम्पस पढ्दाका साथी धन कुमार राई, गायक गौतम सागर राई, गायिका जुनी खालिङ राई, सिमोन भट्टराईसहित पूर्व सांसद तथा बुद्धिजीवी लेखिका, राजनीतिज्ञ कमला थापा, गजेन्द्र खालिङ राई, सुरेशसिंह सुनार, गीता मगर शेर्पा, सविता राईलगायत धेरै सामाजिक अभियन्ता व्यक्तित्वहरुले राईको दुःखद निधनमा समवेदना व्यक्त गरेका छन्।

राईको पार्थिव शरीर खोटाङस्थित उनको जन्मगाउँ सुङदेलमा भोलि बुधबार अन्त्येष्टि गरिने भएको हो।

हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...