News Portal

  • प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ

    हिमालीसंचार संवाददाता
    ६१७ पटक

    हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईकाे मंगलबार ४२ वर्षको उमेरमा दुःखद निधन भयो। उनी नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्य समेत थिए।

    राई प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई ललितपुरकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थिए। उपचारमा देश विदेशबाट निकै ठुलो धनराशी संकलन गरिएको थियो तर पनि प्यानकृज ट्यूमर नामक घातक रोगले ज्यान लिएरै छोड्यो उनका भाई युवक राई भन्छन्।

    खोटाङको तत्कालिन सुङदेल गाविसको वडा नम्बर ६ (हालको केपिलासगढी गाउँपालिका वडा नम्बर ७ सुङ्देल)मा बि.सं. २०३९ वैशाख १० गते जन्मिएका राई हाल सम्पूर्ण परिवारसहित सुनसरीको धरान उपहानगरपालिका- ११ मा बसोबास गर्दै आएका थिए।

    वैदेशिक रोजगारीको शिलशिलामा लामो समयदेखि मकाऊमा रहदा हिमालीसंचारमा जोडिएका थिए राई। उनले किराया मकाऊकाे महासचिव रहेर पनि काम गरेका थिए भने, मकाऊमै रहदा उनी सामाजिक सेवामा निकै सक्रितापूर्वक रहेको अनुभव सुनाउँछिन् नेपाली जनसम्पर्क समिति मकाऊका सभापति निर्मला राना थापा मगर।

    उनले सामाजिक संजालमा लेख्दै- “म नि:शब्द छु !
    उत्कृष्ट स्वभाव र प्रतिभाशाली व्यक्तित्व गुमाएको आज हामीले ! हार्दिक श्रध्दाञ्जलि हामी सबैको प्यारो दाई !” समबेदना ब्यक्त गरेकीछन्।

    त्यस्तै, उनका धनकुटा क्याम्पस पढ्दाका साथी धन कुमार राई, गायक गौतम सागर राई, गायिका जुनी खालिङ राई, सिमोन भट्टराईसहित पूर्व सांसद तथा बुद्धिजीवी लेखिका, राजनीतिज्ञ कमला थापा, गजेन्द्र खालिङ राई, सुरेशसिंह सुनार, गीता मगर शेर्पा, सविता राईलगायत धेरै सामाजिक अभियन्ता व्यक्तित्वहरुले राईको दुःखद निधनमा समवेदना व्यक्त गरेका छन्।

    राईको पार्थिव शरीर खोटाङस्थित उनको जन्मगाउँ सुङदेलमा भोलि बुधबार अन्त्येष्टि गरिने भएको हो।

    हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...