News Portal

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
३५६ पटक

दिल्ली। छिमेकी राष्ट्र भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो।

भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित, सहकार्य तथा सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरकै निमन्त्रणामा ६ दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूसँगै भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...