News Portal

  • लुम्बिनीका महामन्त्रीलाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

    हिमालीसंचार संवाददाता
    ३०७ पटक

    काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालसँग स्पष्टीकरण सोधेको छ।

    २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का काँग्रेस उम्मेदवार देबेन्द्रराज कँडेललगायतलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरीका आधारमा अनुशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो।

    १६ साउनमा समितिले पत्र पठाएपछि खनालले अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई स्पष्टीकरण समेत बुझाइसकेका छन्।

    संयोजक ढुङ्गानाले खनालको स्पष्टीकरण प्राप्त भएको जानकारी गराउँदै केन्द्रीय समिति बैठकपछि यसबारे निर्णय हुने बताए।

    खनालविरुद्ध नेपाली काँग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य उम्मेदवार २ (१) का उम्मेदवार बैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ, सरावल गाउँपालिका कार्यसमितिका सभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य विनोदकुमार चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले चुनावमा असहयोग गरेको लगायत विभिन्न आरोपमा उजुरी दिएका थिए।

    उनीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमा कार्यकर्ताहरूलाई निर्देशन दिएको राप्रपाको उम्मेदवारलाई जिताउने कार्यमा विपक्षी दलहरूसँग निरन्तर समन्वय र बैठकहरू गरेको लगायतका आरोप उजुरीकर्ताले लगाएका थिए।

    महामन्त्री खनालले भने आरोपहरू सत्य नभएको दाबी सहित स्पष्टीकरण बुझाएको बताएका छन्। महामन्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरू संस्थापन पक्षका हुन्।

    ४ मंसिर २०७९ को चुनावमा नवलपरासी-२ बाट काँग्रेस उम्मेदवार कँडेललाई हराउँदै राप्रपाका ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...

    आज २०८२ साल कार्तिक ४ गतेको राशिफल

    आज कार्तिक ४, २०८२ (अक्टोबर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...