News Portal

लुम्बिनीका महामन्त्रीलाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालसँग स्पष्टीकरण सोधेको छ।

२०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का काँग्रेस उम्मेदवार देबेन्द्रराज कँडेललगायतलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरीका आधारमा अनुशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो।

१६ साउनमा समितिले पत्र पठाएपछि खनालले अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई स्पष्टीकरण समेत बुझाइसकेका छन्।

संयोजक ढुङ्गानाले खनालको स्पष्टीकरण प्राप्त भएको जानकारी गराउँदै केन्द्रीय समिति बैठकपछि यसबारे निर्णय हुने बताए।

खनालविरुद्ध नेपाली काँग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य उम्मेदवार २ (१) का उम्मेदवार बैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ, सरावल गाउँपालिका कार्यसमितिका सभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य विनोदकुमार चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले चुनावमा असहयोग गरेको लगायत विभिन्न आरोपमा उजुरी दिएका थिए।

उनीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमा कार्यकर्ताहरूलाई निर्देशन दिएको राप्रपाको उम्मेदवारलाई जिताउने कार्यमा विपक्षी दलहरूसँग निरन्तर समन्वय र बैठकहरू गरेको लगायतका आरोप उजुरीकर्ताले लगाएका थिए।

महामन्त्री खनालले भने आरोपहरू सत्य नभएको दाबी सहित स्पष्टीकरण बुझाएको बताएका छन्। महामन्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरू संस्थापन पक्षका हुन्।

४ मंसिर २०७९ को चुनावमा नवलपरासी-२ बाट काँग्रेस उम्मेदवार कँडेललाई हराउँदै राप्रपाका ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...