News Portal

युक्रेनको दुस्साहसले पुटिनलाई झट्का, के गर्ला रुस ?

हिमालीसंचार संवाददाता
३५० पटक

एजेन्सी। आक्रमण गर्दै अघि बढेको युक्रेनी सैनिकहरूबाट भागेका परिवारहरू अपरिचित मानिससँग बास मागिरहेका छन्। पहिलोपटक रुसी अभिभावक आफ्ना सन्तान लडाइँमा पठाइने डरमा छन्।

सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन हस्तलिखित लेखोट लिएर उपस्थित थिए। उनका सहयोगीले उनको भाषण टंकन गर्न पनि नभ्याएको देखिन्थ्यो।

गत साता रुसको कुर्स्क क्षेत्रमा युक्रेनको अचानकको आक्रमणले युद्धको समग्र दिशा परिवर्तन गरेको छैन। तर, यसले रुस र राष्ट्रपति पुटिनलाई ठूलै धक्का भने दिएको छ।

सो बैठकयता यसबारे पुटिनले केही पनि भनेका छैनन्। सीमा क्षेत्रका रुसी अधिकारीहरूका अनुसार करिब १ लाख ३० हजार मानिसलाई ठाउँ सारिएको छ। यो संकटका लागि क्षेत्रीय अधिकारीहरू तयार देखिएनन्। जसकारण स्थानीय स्तरमा पहलकदमी लिनुपर्ने बाध्यता देखियो।

विपक्षीहरूले भने यसलाई सरकारी भाष्यको हावा खुस्काउने मौकाका रूपमा उपयोग गरिरहेका छन्। लेव स्लोसवर्ग नामक विपक्षी नेता रुस विस्फोटको सँघारमा भएको दाबी गर्छन्।

‘हालका घटनाहरूले संकटलाई चर्काउँदै लगेका छन्,’ उनले भने, ‘तर, त्यो असुन्तिष्टको ऊर्जा कर्ता पोखिन्छ, हामीलाई थाहा छैन।’

युक्रेनले आक्रमण गरेको सीमा क्षेत्रबाट ५० माइल टाढा कुर्स्क सहरकी राजनीतिकर्मी यकतेरिना दुन्तसोवाले भागेर आएका मानिसहरूसँग भेटिन्।

उनले भेटेकी एक महिलाले आफू लडाइँ सुरु भएको दिनदेखि नै विश्वविद्यालयको छात्रावासमा बसिरहेको बताइन्। ‘त्यसअघि हामी आआफ्नो जिन्दगी बाँचिरहेका थियौँ,’ उनले दुन्तसोवालाई भनिन्।

पेसाले पत्रकार दुन्तसोवाले यसवर्षको राष्ट्रपतीय चुनावमा युद्धको विरोध गर्दै पुटिनविरुद्ध उठ्ने कोसिस गरेकी थिइन्। तर, उनलाई प्रतिबन्ध लगाइयो।

युक्रेनको यो दुस्साहसपूर्ण आक्रमणले पूर्वी युक्रेनमा रुसी सेनाको गतिलाई रोक्ने विश्लेषण कतिपयले गरेका छन्।

मस्कोस्थित एक अनुसन्धान समूहका रुस्लान पुस्कोव युक्रेनको युद्धमोर्चामा खटिएका केही सैनिकलाई युक्रेनको आक्रमणपछि कुर्स्क क्षेत्रमा खटाउनुपर्ने भएकाले रुसको गति धिमा हुने बताउँछन्।

‘मनोबलका हिसाबले रुसले निकै ठूलो धक्का बेहोरेको छ,’ उनी भन्छन्। सैनिक संख्या र स्रोत–साधनका हिसाबले रुस युक्रेनभन्दा निकै अघि छ। तर, कुर्स्कको आक्रमणले युक्रेन थोरै सैनिक र पश्चिमा हतियारको बलमा रुसलाई यस्तै झट्का दिन सक्षम छ भन्ने देखाएको छ।

यो आक्रमणमा युक्रेनले ड्रोन र विद्युतीय सामग्री जाम गराउने प्रविधिको उपयोग गरेको देखिन्छ। जसको कारण रुसी ड्रोनले आक्रमणको संकेत पाउन सकेनन् नै युक्रेनी ड्रोनले पनि चाहेको ठाउँमा आक्रमण गर्न पाए।

यही प्रक्रिया दोहोर्‍याउँदै युक्रेनी सेना कम क्षतिमा अघि बढ्यो भने रुसले उचित सैन्य योजना समेत बनाउन पाएन। रुसले विदेशी हतियार रुसी भूमिमा प्रयोग भए नसहने बताउँदै आएको छ।

तर, जुनमा क्रिमियामा अमेरिकी क्षेप्यास्त्र आक्रमण भएको थियो। जसको रुसी कूटनीतिज्ञहरूले चर्को विरोध गरेका थिए।

अहिले कुर्स्कमा बेलायती च्यालेन्जर ट्यांक प्रयोग भएको छ। अर्थात्, पश्चिमा मुलुकहरूले रुसले तोकेका ‘लक्ष्मण रेखा’ बिस्तारै मेट्दै गएका छन्। ढिलोचाँडो रुसले वास्तवमै ‘लक्ष्मण रेखा’ कोर्नै पर्ने हुन्छ। त्यतिखेर रुसले दिने जवाफ भयावह हुनसक्छ।

हालसम्म पुटिनले युक्रेनको घुसपैठलाई ‘आतंकवादी’ हमला भनेका छन्। यदि कुर्स्कमा युक्रेन टिकिरह्यो भने रुसले यसलाई आक्रमण भन्नुपर्ने हुन्छ। त्यसो भयो भने कलेक्टिव सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको धारा ४ सक्रिय हुनेछ। यो सोभियत संघ ढलेपछि रुसको नेतृत्वमा गठित संगठन हो।

जसअनुसार एउटा मुलुकमा आक्रमण भए अरु सदस्य मुलुकले पनि सहयोग गर्नुपर्ने हुन्छ। त्यतिबेला युद्धमा नेटो पनि सहभागी हुनुपर्ने अन्यथा अरु मुलुक युक्रेनविरुद्धको आक्रमणमा सहभागी भएको हेरेर बस्नुपर्ने स्थिति पनि आउन सक्नेछ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...