News Portal

एमाले नेता रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ !

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई सरकार र दुई दलको समीकरणबारे अनावश्यक चिन्ता नलिन सुझाएका छन्।

उनले बुधबार एक्स (ट्विटर)मार्फत् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार र सत्ता समीकरणबारे अनावश्यक चिन्ता नलिन भनेका हुन्।

महामन्त्रीद्वयले आफ्नो पार्टीमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सरकारबारे अनावश्यक चिन्ता लिन थालेको रिजालको भनाइ थियो।

‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ,’ रिजालले भनेका छन्, ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न-गराउन नसक्ने नेताले सरकार र समीकरणबारे अनावश्यक चिन्ता नगरेकै बेस होला।’

उनले महामन्त्री थापा र शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले सताएको पनि टिप्पणी गरेका छन्।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले भनेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...