News Portal

पूर्वमन्त्री जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवाना

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो।

यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएको मुद्दामा विशेष अदालतले दुई करोड १६ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत वैध नरहेको ठहर गरेको थियो।

एक वर्ष ६ महिना कैद हुने विशेषको केही फैसला उल्ट्याउँदै सर्वोच्चले जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

सर्वोच्च पुगेको १२ वर्षपछि यो मुद्दामा फैसला भएको हो। यसै मुद्दाका प्रतिवादीहरू ताराराज पाण्डे, दिनेशराज जोशी र बासुदेव पन्तले भने सफाइ पाएका छन्।

यी मुद्दाहरू ०६९ फागुनदेखि ०७० साउनसम्म दर्ता भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...