News Portal

पूर्वमन्त्री जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवाना

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो।

यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएको मुद्दामा विशेष अदालतले दुई करोड १६ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत वैध नरहेको ठहर गरेको थियो।

एक वर्ष ६ महिना कैद हुने विशेषको केही फैसला उल्ट्याउँदै सर्वोच्चले जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

सर्वोच्च पुगेको १२ वर्षपछि यो मुद्दामा फैसला भएको हो। यसै मुद्दाका प्रतिवादीहरू ताराराज पाण्डे, दिनेशराज जोशी र बासुदेव पन्तले भने सफाइ पाएका छन्।

यी मुद्दाहरू ०६९ फागुनदेखि ०७० साउनसम्म दर्ता भएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...