News Portal

  • हामी विजय मुडमा छौँ, सामाजिक सञ्जालमा आउने गाली ह्वात्तै घट्यो : प्रचण्ड

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छाड्दै गर्दा आफूहरू विजयी मुडमा भएको बताएका छन्। प्रतिनिधिसभाको सबैभन्दा दुई ठूला दल मिले पनि कसैले समर्थन नगरेको उनको जिकिर छ।

    खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको बुधवारको भेटमा उनले भने, ‘देशभरि मैले सुनेको छु, हामी सरकार छाड्दै गर्दा विजयी मुडमा छौँ, हामी जितेको जस्तो, हामी आक्रामक भएर प्रस्तुत हुने ठाउँ छ। हाम्रो मनोबल उच्च छ। दुई वटा ठूला ठूला पार्टी मिलेर १९४ सीट ल्याएकाहरुको हालत हेर्नुभयो भने पूरै रक्षात्मक, कहीँ कसैको समर्थन पनि छैन।’

    उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेकै कारणले सामाजिक सञ्जालमा गाली गर्नेको संख्या घटेको सुनाए।

    उनले थपे, ‘साथीहरूको कुरा सुन्दै छु सामाजिक सञ्जालमा हामीलाई गाली गर्नेहरू संख्या ह्वात्तै घटेको छ। यो नयाँ सरकारप्रति जनताको कुनै आशा भरोषा बिल्कुल छैन। यो हाम्रो लागि संगठन बलियो बनाउने अवसर हो। त्यसैले युवा साथीहरूले आआफ्नो ठाउँबाट बल गरौँ। संगठनलाई बलियो बनाउने कुरामा आआफ्नो ठाउँबाट मेहनत गर्नुहोला।’

    सामाजिक न्याय र सुशासनको पक्षमा सरकार अघि बढेपछि कांग्रेस र एमाले अप्राकृतिक ढंगले मिलेको आरोप लगाए।

    उनले भने, ‘सरकारले नयाँ रेकर्ड हुँदा बनाउँदै जाँदा सदनमा भएको पहिलो र दोस्रो पार्टी अप्राकृतिक ढंगले मिले। प्राय मिल्दैनन् त्यसरी, केले मिलायो भन्ने कुरा मैले सदनमा भनिसके, डरले मिलायो, सुशासनको डरले। सुशासन कायम गर्ने कुराले डर पैदा भयो।’

    सरकारबाट बाहिरिएपछि संगठन विस्तार र सुदृढ गर्ने आधार बनेको बताए।

    उनले भने, ‘अब हामीले यही आधारलाई टेकेर संगठन सुदृढ बनाउने, विस्तार गर्ने, युवाहरूमा संगठन फैलाउने राम्रो वातावरण बनेको छ। त्यसैगरी जानुपर्छ। हामीले गरेका राम्रा काम अब जनताकहाँ पुर्याउनुपर्यो। सदनमा मैले बोलेको र हामीले गरेको राम्रो कामको छुट्टै निकालेर युवाहरूमाथि पुर्‍याउनुपर्छ। हाम्रो कहीँ न कहीँ कडी टुटेको थियो। अब त्यो कमजोर कडीलाई बलियो बनाउने आधार बनेको छ।’

    उनले जनताले पाएको आधिकारलाई खोसेर फेरि निरंकुशतातिर जाने प्रयास भइरहेको बताए। कांग्रेस एमाले मिलेर पश्चगमनको षड्यन्त्र सुरु भएकाले त्यसको विरुद्ध माओवादीले हुंकार गर्नुपर्ने बताए।

    कांग्रेस एमालेलाई जनताको वैरीको संज्ञा दिँदै प्राप्त अधिकार र उपलब्धि खोस्न खोजेको जिकिर गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...