News Portal

प्रचण्ड र रविलाई फाइल खोल्न एमालेले रोकेको थिएन : ज्ञवाली

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौं। नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेले अनावश्यक स्टन्ट गरिरहेको बताएका छन्।

‘प्रचण्ड आफैँ १९ महिनादेखि सरकारमा हुनुहुन्छ। उहाँलाई कुनै पनि फाइल खोल्न कसैले रोकेको थिएन’, उनले भने, ‘रविजी (उपप्रधान तथा गृहमन्त्री) अघिल्लो पटक २ महिना र यो पटक ४ महिना सत्तामा बसिसक्नु भएको छ। उहाँलाई पनि हामी कसैले फाइल नखोल्नु भनेका थिएनौँ। हामी त कहिले फाइल खुल्छ भनेर कुरेर बसेका थियौँ।’

ज्ञवालीले प्रचण्ड र रवि दुवैजना आफ्नो कार्यकालमा असफल भइसकेको टिप्पणी गरे। ‘उहाँहरू असफल भएपछि फाइल खोल्न दिएनन् भनेर गरिएको बहाना मात्रै हो यो’, उनले भने, ‘हामी त कुन दिन फाइल पल्टिन्छ भनेर टैलिभिजन खोलेर बसेका छौँ, टेलिभिजनमा हेरेका हेर्यै छौँ। त्यसैले असफल भइसकेपछि यो सबै स्टन्ट हो।’

ज्ञवालीले जुनसुकै फाइल खुलेपनि आफूहरूले कुनै अवरोध नगरेको दाबी पनि गरेका छन्। ‘हामीले उहाँहरूलाई कुनै पनि कुरामा रोकेका थिएनौँ’, उनले भने, ‘पब्लिक स्टन्टका लागि उहाँहरू हल्ला गरिरहनु भएको छ। खासमा उहाँहरू असफल भइसकेपछि आएका कुरा हुन् यी।’

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...