News Portal

प्रचण्डलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन्।

स्वास्थ्यमन्त्री प्रदीप यादव, वन मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।

उनीहरूको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेका हुन्।

यसअघि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि ८ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले सम्हालिरहेका छन्।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...